अमेरिकामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीलाई अनुमति

अरुलाई पनि शेयर गरौ !

वासिङ्टन,मदौ ८ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन(एफडीए) ले आपत्कालीन अवस्थामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति प्रदान गरेको छ । आइतबार एफडीएले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्दा जोखिमभन्दा फाइदा नै बढी भएकाले अनुमति दिएको उल्लेख गरेको छ । एफडीएका अनुसार अहिलेसम्म अमेरिकामा ७० हजारभन्दा बढी कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइसहेको छ । आइतबार ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले प्लाज्मा थेरापीले अनुमति पाउनु ‘ऐतिहासिक’ भएको बताए । कोरोना भाइरसलाई पुनः एक पटक ‘चिनियाँ भाइरस’ संज्ञा दिँदै उनले भने, ‘आज म वास्तवमै चिनियाँ भाइरसविरुद्धको हाम्रो लडाइँको एउटा ऐतिहासिक घोषणा गर्दैछु जसले अनगिन्ती जीवनहरु बचाउनेछ । आजको कदमले कोरोना संक्रमितको उपचारमा पहुँच बढाउनेछ ।’ गत हप्ता राष्ट्रपति ट्रम्पले ‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’ का लागि अनुमति नदिएर राजनीति गरिरहेको बताएका थिए । आइतबार टम्पले प्लाज्मा थेरापीबाट कोरोनाबाट हुने मृत्युदर ३५ प्रतिशतसम्म कम भएको दाबी गरे । साथै उनले कोरोना भाइरसको संक्रमणपछि निको भएका व्यक्तिहरुलाई प्लाज्मा दान गर्न पनि आग्रह गरेका छन् । त्यस्तै उनले कोरोनाविरुद्धको खोप पनि चाँडै नै निर्माण हुने बताए । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म करिब ५७ लाख संक्रमित भइसकेका छन् । त्यस्तै कोरोनाबाट अमेरिकामा एक लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिब २० लाख निको भएका छन् ।
के हो प्लाज्मा थेरापी ?
प्लाज्माथेरापी प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ । प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो ।
नै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुन्छ । प्लाज्मा थेरापी सय वर्षभन्दा बढी समयदेखि विभिन्न भाइरल रोगमा सफलतापूर्वक प्रयोग गरिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार करिब १ सय २० वर्ष पहिले जर्मनीका वैज्ञानिक एमिलवान बेहरिङले टिटानस र डिप्थेरियाको उपचार प्लाज्मा थेरापी पद्धतिबाट गरेका थिए । उनले प्लाज्माको सक्रिय पदार्थलाई ‘एन्टिबडी’ को नामसमेत दिए । कोभिडको उपचारका लागि प्लाज्मा थेरापी सबैभन्दा पहिले चीनमा खोजिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts