उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोराना संक्रमणबाट मृत्यु

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ १ । कोरोनाबाट संक्रमित भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री रहनु भएको थियो । ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गर्नु भएको छ । चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो । उनलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो । उहाँको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताउनु भएको छ । यसैगरी मुख्यमन्त्री योगीले चौहान जति चर्चित खेलाडी हुुनुहुन्थ्यो, त्यति नै लोकप्रिय नेता पनि हुुनुहुन्थ्यो, भन्नुभएको छ । उहाँले चौहानको अन्त्येष्टि मंगलबार हुने जानकारी दिनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts