ताप्लेजुङ प्रबेशमा थप कडाई,प्रबेशका लागि पूर्व सहमति अनिवार्य

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन १९ । तराईको झापा र पहाडी जिल्ला इलाममा समेत कोरोना संक्रमणको प्रभाव बढ्न थालेपछि ताप्लेजुङ प्रबेश मार्ग काबेली हेल्थ डेक्समा थप कडाई गरिने भएको छ । अहिले सम्म कोरोनाको खासै प्रभाव नदेखिएको ताप्लेजुङमा यसको प्रभाव बढ्न नदिन ताप्लेजुङ प्रबेशमा कडाई गरिने भएको हो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले अब ताप्लेजुङ प्रबेश अघि स्थानीय प्रशासनको सहमति भएमा मात्र प्रबेश अनुमति दिने भएको छ । भारतसहित तेस्रो मुलुकबाट आउने नागरिकलाई सिधै सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको होल्डिङ सेन्टरमा राखिने छ भने पूर्व सहमति प्राप्त नागरिक र सवारीलाई मात्र कोबलीबाट प्रबेश अनुमति दिईने भएको छ ।‘काबेली हेल्थ डेक्सलाई थप प्रभावकारी बनाउन जाँचपासलाई सम्बेदनशिल रुपमा लिन थालिएको छ’कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो । लक डाउन खुलेपछि बिगत केहिदिन यता काबेली हेल्थ डेक्स केहि खुकुलो जस्तो देखिएको थियो ।‘संक्रमण थप भयाभह हुन नदिन अब काबेली हेल्थ डेक्स बिगतकै झैं सक्रिय,प्रभावकारी र कडाईपूर्वक एक्सनमा गएको छ’प्रजिअ निरौलाले भन्नुभयो । संक्रमण बढ्न नदिन काबेली नाकामै ज्वरो र रुघाखोकी सहितका लक्षण देखिएका यात्रुलाई छुट्टै व्यवस्थापन गरी परीक्षणको मापदण्डमा ल्याउने बारेमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले योजना अघि सार्ने संकेत गरेको छ । प्रबेश नाकामै आगमनमा कडाई गर्ने नीति अख्तियार गरेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले यात्रा ईतिहास(ट्राभल हिस्ट्री)लाई जिल्ला प्रबेशको अनुमतिका लागि प्रमुख सर्तको रुपमा लिने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts