|

सुसनको ‘सिमलको भुवा’ बजारमा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन १० । गीतका शब्दहरु कोरेर र तिनै शब्द गुनगुनाएर छोटै अवधिमा नेपाली गीत–संगीत क्षेत्रमा स्थापित हुन सफल ताप्लेजुङे ठिटो सुसन साम्सोहाङ ‘सिमलकÞो भुवा’ गीति एल्वम्मार्फत फेरी स्रोता तथा दर्शकमाझ देखा पर्नुभएको छ ।
सुसनले कोरेका गीतका शब्दहरुलाई अञ्जु पन्तले गाउनुभएको छ । पदम साम्सोहाङ लिम्बूको संगीत रहेको गीतको संयोजन महाराज थापाले गर्नुभएको छ । प्रकाश मिश्रको मिक्सिङ्मा अन्तिम बनेको गीत अकोस्टिक नेपाल प्रालिको स्टुडियोमा रेर्कड भएको हो । ‘सिमलको भूँवा सरी, उडी जाने जिन्दगानी, बाँचुञ्जेल हाँसखेल गरौं, मरे त खरानी’ सुसनले कोरेको गीतको एक हरफ हो ।
उहाँले यो गीतको म्युजिक भिडियो समेत बनाउनुहुने छ । गीत–संगीतका लागि सुसनको यो प्रयास पहिलो होइन । तिम्रै लाग्छ पीर, आयो है हजुर, आरुसीको पहिलो र दोस्रो भाग लगायतका दर्जनौं उहाँका गीत बजारमा आइसकेका छन् । अहिले गीतका हरफ कोरेका उहाँ आफैंमा पनि अब्बल गायक हुनुहुन्छ । सोल्टिनी उहाँको एक समयको चर्चित गीति एल्बम् हो । नेस्नल पावर न्युज अवार्डमा उहाँले बेष्ट सिङ्गर पर्सनालिटी अवार्ड समेत हात पार्नुभएको थियो ।
लिम्बू भाषाका गीत समेत लेख्नुभएका र गाउनुभएका उहाँले उत्कृष्ट भाषा गायकको उपाधि समेत जितिसक्नु भएको छ । ‘सिमलको भूँवा यो पुस्ताका संगित सर्जकहरु माझ कर्णप्रिय बनेर उदाउने छ’ उहाँले विश्वास संगाल्नुभयो । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. ५ चाक्सिबोटेमा जन्मिनुभएका सुसन युवा पुस्ताका गीत–संगीत पारखीहरुका लागि ज्यादै लोकप्रिय नाम हो । नाम चलेका पूर्वेली गायकभित्र पर्ने उहाँले दर्जनौं गीतका शब्दहरु लेखेका, गाएका छन् र संगित भरेका छन् । ‘गीत–संगीतबाटै आफ्नो पहिचान उचो बनाउने प्रयत्नमा छु’ सुसनले कुराको बिट मार्दै भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts