बेलायतमा लकडाउन खुकुलो भएसँगै रोजगारीमुलक विज्ञापनहरु वृद्धि

अरुलाई पनि शेयर गरौ !

एजेन्सी/भर्ती तथा रोजगार परिसंघ ९आरईसी० द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी(लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ ।
रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी) को तथ्याङ्क अनुसार जुलाई ५ देखि जुलाई १२ सम्म हप्तामा सक्रिय रोजगारी विज्ञापनको कुल सङ्ख्या १० लाख पाँच हजार पुगेको छ । यो जुनकोे अन्तिम हप्ता ९जून २२ देखि २८सम्म० को तुलनामा नौ लाख ९० हजारले बढी हो ।
उल्लेखनीय कुरा के हो भने त्यहाँ सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यवसायिक कर्मचारीको विज्ञापनमा महत्वपूर्ण वृद्धि रहेको छ । जुनको अन्तिम हप्ताको तुलनामा जुलाईको ६–१२ सम्ममा वेब डिजाइनर र डेभलपरहरूको पदस्थापन १५।५ प्रतिशतले बढेको उल्लेख छ । यसमा प्रोग्रामर र सफ्टवेयर विकासकर्ताहरूको रोजगारीमा जोडिने दरमा ६।६ प्रतिशतले वृद्धि भएको छ ।
सूचना प्रबिधितर्फ डिजाइनर र डेभलपरहरूको पदस्थापन दरमा आएको उछालले लकडाउनको क्रममा ‘डिजिटल व्यवसाय’ तर्फको रोजगारीमा सामान्य वृद्धि भएको प्रतिबिम्बित हुने आरईसीले जनाएको छ ।
यसका साथै सर्वेक्षणमा ग्राफिक डिजाइनर्स लगायतका अन्य रोजगारीमा ११.३ प्रतिशत, विक्री व्यवस्थापकमा ९.९ प्रतिशत सिकर्मी तथा शिपबिहीन क्षेत्रमा ८।५ प्रतिशतले वृद्धि भएको सर्भेक्षणले देखाएको छ ।
आरइसी प्रमुख कार्यकारी नील कारबेरीले भने, ‘लकडाउनलाई खुकुलो बनाएसँगै व्यवसायिक क्षेत्रमा आर्थिक सुधारको आत्मविश्वास बिस्तारै बढ्दै गइरहेको छ ।’ कारबेरीले थपे, ‘सुधारका सङ्केत देखिएको भएपनि हामी समस्याबाट बाहिर आइसकेका छैनौं । अर्थव्यवस्था केही समयको लागि सामान्य स्तरमा फर्कने छैन ।’ राष्ट्रिय तथ्याङ्क कार्यालय ९ओएनएस० द्वारा बिहीबार जारी तथ्याङ्क अनुसार देशको कम्पनी भूक्तानीलाई हेर्दा कामदार सङ्ख्या मार्च र जुनबीचमा छ लाख ४९ हजारले कमी देखिएको छ ।
‘आगामी २र३ महिना अस्थायी विदा योजना र सरकार समर्थिन व्यापक कार्यक्रमको वास्तविक असर बुझ्न गाह्रो हुने छ,’ ब्रिटिश श्रम बजार विश्लेषक कम्पनी एम्सीका श्रमशक्तिविद् तथा निर्देशक म्याथ्यू मीले भने । सरकारको योजना अन्तर्गत, कर्मचारीहरुलाई राख्न र व्यवसायहरुलाई सहयोग पु¥याउन दिइएको अस्थायी विदा योजना यस बर्ष अक्टोबरको अन्त्यमा समाप्त हुनेछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts