ताप्लेजुङको सिनाम मावि टोलटोलमा पुगेर पढाउँदै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३० ।
साउनको दोस्रोसाताबाट भौतिक दुरी कायम गरी पठनपाठन सुरु गर्ने घोषणा गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा रहेको सिनाम माविले टोल–टोलमा पुगेर पढाउन थालेको छ ।
साविक सिनाम गाविसका ९ वटै वडा सहित सिरिजङ्घाको वडा नं २ आम्बेदिन र वडा नं ६ मामाङ्खे तथा पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं ६ थुम्बेदिनका टोलटोलमा पुगेर पठपाठन सुरु गरेको हो । बिद्यालयमा अध्ययनरत बिद्यार्थीको क्षेत्रलाई आधार मानेर टोलटोलमा शिक्षक परिचालन गरी पढाउन थालिएको सिनाम माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले जानकारी दिनुभयो । हप्तै पिच्छे बिषयगत शिक्षकले बिद्यार्थीका लागि गृहकार्य दिने,मोवाईल फोनमा १० रुपैंयाको प्याकेज लिएर बिद्यार्थीलाई नबुझेको बिषयमा सोध्न सक्ने व्यवस्था समेत गरिएको उहाँले बताउनुभयो । पढाई प्रभावकारी बनाउन सो बिद्यालयले बिद्यालय आमा समूह र पूर्व बिद्यार्थी समाज समेत बनाएको छ । लक डाउनका कारण पठनपाठन प्रभावित बनेको समयममा बिद्यालयको योजनालाई साथ दिन बिद्यालय व्यवस्थापन समिति, बिद्यालय आमा समूह र पूर्व बिद्यार्थी समाजको भूमिका अब्बल देखिएको प्रधानाध्यापक गौतमको भनाई छ । ‘सिनाम मावि टोल–टोलमा’ भन्ने नारा अघि सारेको बिद्यालयले टोलमा पुगेर पढाउनु अघि बिद्यार्थीलाई साबुन पानीले हातमुख धुनु अनिवार्य गरेको छ । सफाईका सबै उपाय र भरसक भौतिक दुरी समेत कायम गरेर पढाउन टोलटोल पुग्ने शिक्षकले बिद्यार्थीलाई पढाईमा व्यस्त बनाउने गरी गृहकार्य दिने गरी समाधानमा समस्या देखा परे अर्कोदिन वा फोनमा सोध्न सक्ने व्यवस्था गरेको छ । कोभिड–१९ महामारीका कारण बिद्यार्थीको पढाईमा समस्या नहोस् भनेर अभिभावकै सल्लाह र सहमतिमा यो अभियान अघि सारेको गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार साउन दोस्रो साताबाट कक्षा १२ सम्मका सबै पढाई सुरु गर्ने योजना बनाएको बिद्यालयले प्राविधिक धारतर्फको पढाई भने साउन पहिलो साताबाटै सुरु गर्ने छ ।‘पर्याप्त मात्रामा भौतिक पूर्वाधार भएकोले भौतिक दुरी र सफाईका सबै उपाय अवलम्वन गरेर पढाई सञ्चालन गर्ने छौं’गौतमले योजना सुनाउनुभयो । सो बिद्यालयमा करिव ९ सय बिद्यार्थी अध्ययनरत सा बिद्यालय २०७५ सालमा सामुदायिकतर्फ जिल्लाकै उत्कृष्ट बन्दै १ नं प्रदेश सरकारबाट २ लाख रुपैंया नगद सहित सम्मानित भएको थियो । संस्थागततर्फ भने यो तहको पुरस्कार फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कुलले पाएको थियो ।
फोटो ः टोलटोलमा शिक्षा कार्यक्रममार्फत आफ्ना बिद्यार्थीलाई उनीहरुकै घरटोलमा पुगेर पढाउँदै ताप्लेजुङको सिनाम माविका शिक्षक र पढ्दै बिद्यार्थीहरु । उज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts