थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, २७२ जना डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असार २० । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । मृत्यु हुनेको संख्या ३२ बाट बढेर ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले शनिवार नियमित पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिबाट थप संक्रमण फैलन सक्ने अवस्था नरहेको भन्दै नआत्तिन र शवको सामान्य प्रकृयाद्धारा व्यवस्थापनमा सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts