विराटनगरमा १४ दिने लकडाउन घोषणा

अरुलाई पनि शेयर गरौ !

विराटनगर,साउन १६ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकामा शनिबार(भोली)देखि लकडाउन गरिने भएको छ । महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमण बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । शुक्रबार विराटनगरमा कोरोना क्रमितको संख्या १०७ पुगेको छ । यसअघि विराटनगर महानगरपालिकाले संक्रमण थप फैलन नदिन लकडाउनमा जानुपर्ने बताएपनि प्रदेश सरकारले त्यसमा सहमति दिएको थिएन । शुक्रबार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थानीय तहरुलाई आवश्यकता अनुसार कदम चाल्न सक्नेगरी बाटो खोलिदिएको थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले परिस्थितिको विश्लेषण गरी स्थानीय तहहरु आफैंले लकडाउन गर्नसक्ने बताउनुभएको थियो । महानगरमा कन्ट्याक्ट ट्रेसिङका क्रममा यात्रा विवरण नखुलेका करिब ५० जना संक्रमित भेटिएपछि लकडाउन गर्न दबाब बढिरहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts