ताप्लेजुङबाट थप १ जना कोरोना संक्रमित निको भए,२ जनामा संक्रमण यथावत्

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन १५ । ताप्लेजुङमा रहेका ३ जना कोरोना संक्रमित मध्ये २ जना संक्रमितको पहिलो पटकको पीसीआर रिर्पोट पनि पोजेटिभ नै आएको छ । १ जना कोरोना संक्रमित भने निको भएका छन् । ३ कोरोना संक्रमित सहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक अस्पताल पठाईएकोमा संक्रमित २ जनाको पहिलो पटकको पीसीआर परीक्षण रिर्पोट पोजेटिभ आएको हो । बाँकी ३२ जनाको पीसीआर रिर्पोट भने नेगेटिभ आएको ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संक्रमित ३ सहित सबैको रिर्पोट नेगेटिभ आउने अपेक्षा गरिएकोमा सो नभएपछि बिहीबार ताप्लेजुङलाई संक्रमणमुक्त बनाउने अपेक्षा पूरा नभएको बताउनुभयो । संक्रमित १ सहित उनीहरुसंगै ताप्लेजुङ उद्योग बाणिज्य संघ र भानुजन माविको क्वारेन्टिनमा रहेका तथा उनीहरुको सुरक्षा तथा व्यवस्थापनका खटिएका ३२ जनाको रिर्पोट भने नेगेटिभ आएको छ । रिर्पोट नेगेटिभ आएपछि भानुजन माविको क्वारेन्टिन स्थल भने बिहीबारबाट खाली गरिएको छ । अब पाथीभरा क्षेत्र विकास समितिको फुङ्लिङ ६ स्थित प्रयोगबिहिन भवन र निर्मार्णाधिन बृद्धाश्रम भवनलाई नयाँ क्वारेन्टिन तथा होल्डिङ सेन्टर बनाउने तयारी रहेको छ । बिद्यालय सञ्चालनको तयारी र भवन पुर्ननिर्माण लगायतका बिषयलाई ध्यानमा राखेर भानुजन माविको क्वारेन्टिन स्थल भने खाली गर्न लागिएको हो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले कोरोना जितेका १ जनालाई पुष्पगुच्छासहितले बिदाई गर्ने कार्यक्रम समेत राखेको जनाएको छ । अब जिल्ला भरमा २ जना कोरोना संक्रमित र ४ जना भारतसहितका तेस्रो मुलुकबाट आएका सहित गरी ६ जना मात्र क्वारेन्टिनमा रहेका छन् । उनीहरु सबै ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । यसैबीच पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण यथावत् रहेका २ सहित क्वारेन्टिनमा रहेका ४ जनालाई जिल्ला आयुर्बेदिक स्वास्थ्य केन्द्र ताप्लेजुङले शक्तिबद्र्धक औषधि प्रदान गरेको केन्द्र प्रमुख टेकनाथ अर्यालले जानकारी दिनुभयो । केन्द्रले यसअघि देखि नै होल्डिङ सेन्टर तथा क्वारेन्टिन केन्द्रमै पुगेर मनोसामाजिक परार्मशका साथमा शक्तिबद्र्धक औषधि प्रदान गर्दै आईरहेको छ ।

फोटो ः ७ दिनमै कोराना जितेका एक युवालाई पुष्पगुच्छा तथा खादा सहित बिदाई गरिदैं । तस्बिर ः खगेन्द्र अधिकारी । उज्यालो पोष्ट न्युज

अरुलाई पनि शेयर गरौ !

Similar Posts