भारतबाट दश महिनामा २८ करोडको बेसार आयात
६ असार, काठमाडौं । बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिए । बेसार किन खाने बेसारका फाईदा के–के छन जस्ता विषयमा प्रधानमन्त्रीले लामो टीप्पणी गरेपछि सोही विषयलाई लिएर सामाजिक सञ्चाल तातेको छ ।
बेसार औषधीय गुणले भरिएको प्रकृतिक तत्व भएकोमा शंका नरहेपनि यसबाट कोरोना निको हुने कुनै वैज्ञनिक प्रमाण अहिलेसम्म भेटिएको छैन् । प्रधानमन्त्रीको बेसार मन्तव्यलाई लिएर सर्मथन र बिरोधमा चौतर्फी आलोचना र प्रशंसा चलिरहेको छ ।
भारत, पाकिस्तान, हाईटी जमाइका, चाइना र पेरु बेसारका प्रमुख उत्पादक देशहरु हुन् । बेसार जिन्जिबेरसी ९श्ष्लनष्दभचबअभबभ० परिवारको एक कन्दमूल हो । यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’हो । बेसारको गानोमा पाइने तत्व (पहेँलो रंगको) कुरकुमिन हो । अहिले निकै चर्चाको रहेको बेसारको नेपालमा उत्पादन र बजारबारे यहाँ चार्चा गर्न गईरहेका छौँ ।
नेपाली बजारमा बेसार
नेपाली बजारमा बेसारको औषत प्रतिकिलो मूल्य तीन सय रुपैयाँ छ । थोकमा बेसारको मूल्य गुणस्तर हेरेर दुई ५० देखि २७५ रुपैयाँसम्म पर्न जाने नेपाल खुद्रा व्यावसायी महासंघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
नेपाली कृषकले नै फलाएको बेसारको बजार हिस्सा धेरै भएको श्रेष्ठको भनाई छ । भारत तथा म्यानमार लगायतका मुलुकबाट चानाको रुपमा बेसार नेपाल भित्रिने गरेको उनले बताए । चालु आवको १० महिनामा मात्रै ७९ हजार किलो बेसारजन्य पदार्थ म्यानमारबाट नेपालमा भित्रिएको छ ।