|

फुङ्लिङमा महिला मृत फेला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १८ । ताप्लेजुङमा एक महिला मृत फेला परेकी छन् । सदरमुकाम फुङ्लिङ बजारको हेलिप्याड नजिक एक घरमा डेरा गरी बस्दै आएकी महिला मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार अन्दाजी ३५ वर्षीया शर्मिला तामाङ मृत फेला पर्नुभएको हो । फुङ्लिङ नगरपालिका, दोखु घर भई हाल आफ्ना दुई छोरीसहित फुङ्लिङ बजारमा भाडामा बस्दै आउनुभएको बुझिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
प्रहरीका अनुसार डेरा गरी बसेको कोठामा ओछ्यानमै तामाङको शव बिहीबार बिहान फेला परेको हो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ पु¥याइएको छ । यता घटनाबारे अनुसन्धान प्रक्रिया सुरु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । मृतक महिलाकी श्रीमान् भने वैदेशिक रोजगारीमा रहनुभएको प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts