ताप्लेजुङका तीन सहित छवटा संस्थालाई नेपाली सेनाले शनिवार सम्मान गर्दै

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन ५ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा प्रदान गरिने प्रधानसेनापति सम्मान अन्तरगत यसबर्ष ६ वटा संस्थालाई प्रदान गरिने सम्मानमा ताप्लेजुङका ३ वटा संस्था परेका छन् । यसर्ष संस्थागत बिधातर्फ ६ वटा संस्थालाई पुरस्कृत गर्न लागिएकोमा ताप्लेजुङका पाथीभरा क्षेत्र विकास समिति,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार महाशिवरात्री तथा सेना दिवस २०७९ को अवसरमा प्रधानसेनापति सम्मान अन्तरगत गोरखा नगरपालिका,भोटेकोशी गाउँपालिका र कोशी टप्पु आरक्ष अन्तरगत मध्यवर्ती क्षेत्रलाई सम्मान गर्न लागिएको छ । उल्लेखित संस्थाहरुले सामाजिक क्षेत्रमा पुर्याएको बिशिष्ट योगदानको कदर स्वरुप महाशिवरात्री तथा सेना दिवस २०७९ को सम्मान गर्न लागिएको सेनाका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts