बिराट विकास क्षेत्रका बिभिन्न शहरमा बिद्युतीय चार्जिङ स्टेशन स्थापना गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ९ । प्रदेश १ सरकारका खानेपानी,सिचाँई तथा उजा मन्त्री तिलकुमार मेन्याङ्वोले बृहत्त बिराट विकास क्षेत्रका बिभिन्न शहरहरुमा बिद्युतीय सवारी साधन चार्ज गर्नका लागि द्रुत चार्जिङ स्टेशन स्थापना गर्ने पहिलो निर्णय गर्नु भएको छ ।
सोमवार पदभार ग्रहण गर्दै मेन्याङ्वोले द्रुत चार्जिङ स्टेशन स्थापना गर्ने पहिलो निर्णय लिएको उहाँका सूचना प्रविधि क्षेत्रको समन्वय गरिरहनु भएका हेमराज निरौलाले जानकारी दिनुभयो । मन्त्रालयले चालू आर्थिक बर्षका लागि द्रुत बिद्युतीय चार्जिङ स्टेशन निर्माणका लागि १ करोड रुपैयाँ बिनियोजन गरेको छ । यहिँ रकमको परिचालन गरी द्रुत बिद्युतीय चार्जिङ स्टेशन स्थापना गर्ने पहिलो निर्णय भएपनि ठाउँ भने तोकिएको छैन ।
प्रदेश १ सरकारले चालू आवका लागि प्रस्तुत गरेको बजेट बक्तव्यको ८४ नम्बरमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको प्रयोगलाई क्रमशःबिस्थापन गरी बिद्युतीय चुल्हो प्रयोग गर्न प्रोत्सासहित गर्ने र सरकारी,गैर सरकारी तथा निजी क्षेत्रसंग समन्वय गरी बिद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेशन निर्माण प्रकृया अघि बढाउने उल्लेख छ ।
मन्त्री मेन्याङ्वोले पदभार ग्रहण गरेको पहिलो दिन बिद्युतीय सवारी साधनका प्रयोगकर्ताहरुले आ–आफ्नै घरमा जडान गरिएको बिद्युतीय प्रणालीबाट चार्ज गरिरहनु परेको यो प्रकृया झन्झटिलो भएको महशुष गर्दै चार्जिङ स्टेशन स्थापना स्थापनाको निर्णय लिएको जनाउनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts