| |

विद्यालयको वार्षिक उत्सवमा खेलकुदसहितका गतिविधि

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १६ । ताप्लेजुङको एक धार्मिक विद्यालयले आफ्नो वार्षिक उत्सवका अवसरमा खेलकुद लगायतका विभिन्न गतिविधि सञ्चालन गरेको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङस्थित साङक देछ्योलिङ गोन्पा विद्यालयले वार्षिक उत्सवको अवसरमा उक्त गतिविधि सञ्चालन गरेको हो ।
विद्यालयलेआधारभूत तह स्तरमा अध्ययनरत विद्यार्थीको सहभागितामा फुटबल प्रतियोगिताको आयोजना गरेको छ । खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्य राखेर अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको जनाइएको हो ।
फुटबल प्रतियोगितामा फुङ्लिङ नगरपालिकाभित्रका १२ वटा विद्यालयले सहभागिता जनाएको विद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पाले जानकारी दिनुभयो । प्रधानाध्यापक शेर्पाका अनुसार खेलाडी टोलीमा आधारभूत तह स्तर अर्थात कक्षा ८ सम्म अध्ययनरत विद्यार्थी सहभागी छन् । फुटबल विधाका खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शेर्पाले बताउनुभयो ।
यस्तै अन्तर विद्यालयस्तरी नृत्य तथा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । नृत्य र हाजिरी जवाफ प्रतियोगितामा समान १८–१८ वटा विद्यालयले सहभागिता जनाएका पनि प्रधानाध्यापक शेर्पाले जानकारी दिनुभयो । शनिबार सम्पन्न हुने वार्षिक उत्सव कार्यक्रमको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । यता साङ्क देछ्योलिङ गोन्पा विद्यालय २०६४ सालमा नै स्थापना भएको भए पनि विद्यालयको वार्षिक उत्सव कार्यक्रम पहिलो पटक मनाइएको पनि प्रधानाध्यापक शेर्पाले जानकारी दिनुभयो । कक्षा ८ सम्म सञ्चालन हुँदै आएको यस विद्यालयमा एकसय २९ विद्यार्थी अध्ययनरत रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts