बाबुको जिम्मेवारी आफुतिर सरेको स्मरण गर्दै पलका छोरी र भतिज ताप्लेजुङको दुर्गम गाउँ मामाङ्खेको बिद्यालयमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ६ । आफ्ना स्वर्गीय बुवा पल सामुअलको एउटा सपना ‘सिरिजङ्गा गाउँपालिका वडा नं ६ मामाङ्खेस्थित लक्ष्मी माविको नवनिर्मित भवन’को अवलोकन गर्न आइपुग्नु भएकी पलकी छोरी केट स्थानीयले बारबार बुवाको स्मरण गर्न थालेपछि भावुक हुनुभयो ।

बुवाको मृत्युपछि केटको ह्रृदयमा शोकको बास त छदैं थियो,त्यो भन्दा पनि पलले शैक्षिक क्षेत्रमा दिएको योगदानबारे स्थानीयले गरेको प्रशंसाबाट उहाँ बुवाप्रति नतमस्तक हुनुभयो । त्यो बेला उहाँले आफ्ना बुवा पललाई स्मरण गर्दै भन्नुभयो‘आफ्ना लागि मात्र होइन,अरुका लागि पनि केहि गर्नुपर्छ भन्नुहुन्थ्यो,त्यहिँ कामले आज बुवालाई धेरैको स्मरणयोग्य बनायो’ । ‘संसारमा आफुले सकेको सहयोग भन्दा ठूलो अरु मानवता हुदैन भन्ने पलको भावनाको आज कदर भएको पाएँ’भावबिभोर केटले दोहो¥याउनुभयोे‘यहिँ रहेछ आफ्ना लागि मात्र होइन,अरुका लागि पनि केहि गर्नुपर्छ भनेको’ । उसोत, पलका भतिज ज्याक आफ्ना अभिभावक पलप्रति स्थानीयको सम्मान र सद्भाव सुनेर हर्षविभोर हुनुभयो । भन्नुभयो‘उहाँको भौतिक शरिर नरहेपनि उहाँका सुन्दर सपनाहरु क्रमशःपूरा हुँदै जाँदा हामीप्रति जिम्मेवारी बढेको अनुभूत भएको छ’ । ‘सकेको सहयोग गर्नुपर्छ भनेर उहाँले दिनु भएको सन्देश हाम्रा लागि प्रेरणाको स्रोत बन्ने छ,उहाँको सुन्दर सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो’ ज्याकको भनाई छ ।

बेलायती नागरिक पल,जसले दुर्गम र हिमाली क्षेत्रमा सुगमताको सपना देख्नुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको खाँचो औंल्याउनुभयो । आफुले गर्न सक्ने सहयोगका लागि योजना अघि सार्नुभयो । तर, दुर्भाग्य,आफ्ना सुन्दर सपनालाई मस्तिष्कभित्रै खियाएर पेरुको हिमालमा सधैंका लागि अस्ताउनुभयो । हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोगमा नेपालका हिमाली जिल्लाहरुमा सञ्चालित ग्रामीण शिक्षा तथा वातावरण केन्द्र(रिड नेपाल)का ताप्लेजुङ प्रवन्धक राजेन्द्र पन्त पल नेपालको दुर्गम क्षेत्रका नेपालीको भबिष्य सुन्दर बनाउने सपनाका एक योद्धा भएको स्मरण गर्नुहुन्छ । हिमालयन् ट्रष्ट युकेका अध्यक्ष ग्राम रिग्लीले पन्तलाई सुनाए अनुसार करिव ३० बर्ष अघि अन्नपूर्ण हिमाल क्षेत्रको भ्रमणका बेला नेपाल आएको समयदेखि नै पल नेपालका हिमाली क्षेत्रका जनताको दैनिकी परिवर्तनका लागि के गर्न सकिन्छ भन्ने योजना बुन्ने गर्नुहुन्थ्यो । उहाँ हिमालयन् ट्रष्ट युकेसंग मिलेर हिमाली क्षेत्रका जनताको सकारात्मक दैनिकी परिवर्तनका लागि काम गर्न चाहनुहुन्थ्यो । नेपालका नामम चलेका हिमालको भ्रमण तथा अवलोकनका लागि आउने गर्नु भएका उहाँले पेरुको हिमाल आरोहण अघि ग्रामसंग भन्नुभएको थियो‘म नेपालको पिछडिएको हिमाली ग्रामीण बस्तीका नागरिकका लागि केहि गर्न चाहन्छु’। आफु हिमाल आरोहणका लागि जान लागेको तर कस्तो र के सहयोग गर्न सकिन्छ भन्ने बारेमा योजना दिन ग्रामसंग प्रस्ताव राख्दै पलले आफु फर्किएपछि त्यो योजना पूरा गर्न तयार रहेको सन्देश दिनु भएको थियो,दुर्भाग्य पल पेरुको हिमपहिरोमा परी हिमालमै अस्ताउनुभयो ।

सहयोगको हात अघि बढाउन तयार रहेको सन्देश दिएर हिमालतर्फ लाग्नु भएका पलको निधन भएपछि हिमालयन् ट्रष्ट युकेका अध्यक्ष ग्रामले पलकी श्रीमति आना स्यामुअल सहित पल परिवारका अन्य सदस्यसंग पलका सपनाको फेरीहस्त अघि सार्नु भयो । ग्रामले ताप्लेजुङका दुर्गम गाउँमा गर्न सकिने सहयोगका बारेमा प्रस्ताव गर्नु भएको थियो । पलका परिवारसंग प्रस्ताव गर्नुअघि ग्रामले कुन गाउँ र कस्तो सहयोग आवश्यक छ भनेर रिडका ताप्लेजुङ प्रवन्धक पन्तसंग परार्मश गर्नु भएको थियो । पन्तले आफ्ना सहकर्मी शिक्षा विकास अधिकृत रोमा मावो सहितसंग सल्लाह गरी भवन निर्माणका लागि लक्ष्मी मावि उपयुक्त हुने राय दिनुभयो । त्यहिँ रायको जस स्वरुप अहिले मामाङ्खेको लक्ष्मी माविमा भवन बनेको छ । समुदायको २० प्रतिशत साझेदारी बाहेक सो बिद्यालयको भवन बनाउन पल परिवारले १ करोड २९ लाख ६८ हजार ८ सय ४६ रुपैंया खर्चिनु भएको छ । दुईवटा नयाँ सहित एउटालाइ जगबाटै प्रवलीकरण गर्ने तथा बिद्यालयमा खानेपानी,शौचालय,घेराबारा र फर्निचर सहितका सामग्री गरेर समुदायको सहित १ करोड ५५ लाख ६२ हजार २ सय १६ रुपैंयाको लागतमा लक्ष्मी माविमा भवन बनेको हो ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराई नेपाललाई माया गर्ने पल परिवारको यो स्तरको सहयोग चानचुने नभएको बताउँनुहुन्छ । तत्कालिन जिल्ला शिक्षा कार्यालयकोतर्फबाट सो बिद्यालयको निर्माणका लागि केहि आर्थिक सहयोग भएपनि पल परिवारले गरेको सहयोगले लक्ष्मी माविको स्वरुप फेरिएको भन्दै भट्टराईले दाताहरुप्रति आभार प्रकट गर्नु भएको छ । स्थानीय जनप्रतिनिधि धनबहादुर मावो दुर्गम गाउँ मामाङ्खेको नेतृत्वकर्ता बिद्यालय भएरपनि संरचनाले कमजोर बनेको लक्ष्मी माविको मुहार अर्कै बनेकोमा पल परिवार र रिड नेपालप्रति समुदायनै सन्तुष्ट बनेको बताउनुहुन्छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम मावो पल परिवारको सहयोग नभएको भए बिद्यालयको अवस्था अहिलेपनि उहिँ नाजुक अवस्थाकै रहने बताउनुहुन्छ । पल र रिडकै अगुवाईमा बिद्यालयले नयाँ भवन पाएको उहाँको भनाई रहेको छ । ‘हाम्रो गाउँ मामाङ्खे र शैक्षिक क्षेत्रको अगुवाई गर्ने लक्ष्मी माविको मुहार पल परिवारको सहयोग र रिडको समन्वयमा फेरिएको छ’कुराको बिट मार्दै सो माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद मावोले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts