|

फरवाड लघु बित्तद्धारा मृत्यु दावी भुक्तानी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २१ । फरवाड माइक्रोफाइनान्स लघु बित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कर्जा लिएर सदस्य बनेका एक सेवाग्राहीको मृत्युपछि उनका आफन्तलाई बीमा वापतको मृत्यु दावी भुक्तानी गरेको छ ।

फरवाडका ताप्लेजुङ शाखा प्रवन्धक युवराज खतिवडाका अनुसार फुङलिङ नगरपालिका वडा नं ४ माछापोखरीकी कालीमाया हेम्ब्या मादेनको लिम्बूको मृत्यु पछि मृतकका छोरा भूपाललाई बीमा वापत ३ लाख ६० हजार रुपैंया भुक्तानी गरिएको छ । लामो समय देखि फरवार्डसंग कारोवार गर्दै आउनु भएकी कालिमायाले गत फागुनमा फरवाडबाट ३ लाख रुपैंया कर्जा लिनु भएको थियो । उहाँको गत असार ६ गते मृत्यु भएको थियो ।

ताप्लेजुङमा फरवार्डको शाखा २०६७ सालमा स्थापना भएको हो । फरवार्डले यहाँका २ हजार ३ सय बढी सदस्यलाइ समेटेको खतिवडाले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंकबाट‘घ’वर्गको इजाजत प्राप्त फरवाड माइक्रोफाइनान्स लघु बित्त बित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्था हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts