आगामी निर्वाचनका लागि ताप्लेजुङमा जसपाले सिफारिस गर्यो उम्मेदवार

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २१ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि जनता समाजवादी पार्टीले ताप्लेजुङबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।

जसपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य धनकुमार(कुमार)साम्यो,राजनीतिक समिति सदस्य निर्मला तावा र प्रदेश सदस्य चन्द्र मादेनको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ असिम पालुङ्वा,सेन्छेहाङ पोमू र सुजित ओख्राबुको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेशसभा १(क)को प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष कीर्तिमान मादेन,श्री लिङखिम र अमृत लिङ्देन तथा समानुपातिकतर्फ सूर्य तमू,युवराज गुरुङ, कीर्तिमान मादेन,कर्ण पालुङ्वा,अशोक बिक र केन्द्रीय सदस्य सरस्वता सिंघकको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष मादेनको नाम प्रदेशसभाको समानुपातिक र प्रत्यक्ष दुबैतर्फ राखिएको छ ।

यस्तै प्रदेशसभा १(ख)को प्रत्यक्षतर्फ नवीन मावोहाङ,सेन्छेहाङ पोमू र डिल्लीजंग साँवाको नाम सिफारिस गरेको छ । प्रदेशसभा १(ख)को समानुपातिकतर्फ गौरी थलङ,प्रवीन चाम्लिङ,अञ्जना शेर्पा,निर्मला तावा र धनराज बिकको नाम सिफारिस भएको छ । तावाको नाम प्रतिनिधिसभाको प्रत्यक्ष र प्रदेशसभाको समानुपातिक दुबैतर्फ राखिएको जसपाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts