३३ जनाको परीक्षण गर्दा ताप्लेजुङको पाथीभरा याङ्वरकमा १३ जनामा देखियो कोरोना संक्रमण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन ३१ । ताप्लेजुङमा नयाँ १३ जना सक्रिय कोरोना संक्रमित फेला परेका छन् ।

पाथीभरा याङ्वरक गाउँपालिकामा ३३ जनाको परीक्षण गर्दा १३ जना सक्रिय कोरोना संक्रमित फेला परेको गाउँपालिकाले आफ्नो आधिकारिक फेसबुकपेजमार्फत जनाएको छ । परीक्षण गरिएका मध्ये करिव ४० प्रतिशतमा संक्रमण देखिएको तथ्याङ्कबाट देखिन्छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले पाथीभरा याङ्वरक गाउँपालिकाको स्वास्थ्य शाखाले सक्रिय कोरोना संक्रमित फेला परेको जानकारी आफुलाई गराएको बताउनुभयो । उहाँका अनुसार बुधवार जिल्ला कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको बैठक बसेर संस्थागत कोरोना संक्रमण नियन्त्रणका आगामी योजना बारे निर्णय हुने छ ।

कोरोना संक्रमणको सम्भावित जोखिम बढेको भन्दै जिल्ला कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले यसअघि नै सूचना जारी गर्दै सावधानी अपनाउन,अत्यावश्यक काम बाहेक घर बाहिर नजान,जनस्वास्थ्य सुरक्षामा मापदण्डको पूर्ण पालना गर्न र अनिवार्य रुपले मास्क र स्यानीटाइजरको प्रयोग गर्न आग्रह गर्नु भएको थियो । स्वास्थ्य कार्यालयले नयाँ कोरोना संक्रमितको पूर्ण र तथ्यगत बिवरण बुधवारबाट अध्यावधिक गर्ने जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts