प्रजातान्त्रिक महिला संगठनद्धारा नागरिकता बिधयेक र बढ्दो महंगी बिरुद्ध प्रर्दशन

ताप्लेजुङ,साउन ११ । बढ्दो महंगी र नागरिकता बिधयेकको बिरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठन प्रजातान्त्रिक महिला संगठनले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा थाल ठटाएर प्रदर्शन गरेको छ ।

‘महंगी नियन्त्रण गर,कालो बजारी बन्द गर,भ्रष्टाचार र कमिशनतन्त्र बन्द गर,महिला हक र अधिकारको सुनिश्चत गर’भन्ने नारासहित प्रजातान्त्रिक महिला संगठनले सदरमुकाम फुङलिङमा प्रर्दशन गरेको राप्रपाका जिल्ला अध्यक्ष अमृत साउदेनले जानकारी दिनुभयो । नगर परिक्रमा पछि आयोजित कोणसभालाई राप्रपाका जिल्ला नेता तथा प्रजातान्त्रिक महिला संगठनका अगुवाहरुले सम्बोधन गरेको नेतृ बिष्णु राईले जानकारी दिनुभयो ।

Similar Posts