|

फुङलिङमा दुईमहिने आधारभूत व्युटी पार्लर तालिमको समापन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २१ । ताप्लेजुङको फुङलिङमा सञ्चालित दुईमहिने आधारभूत व्युटी पार्लर तालिमको समापन गरिएको छ ।

फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङको समन्वयमा उद्योग प्रवद्र्धन कार्यक्रम अन्र्तगत घरेलु कार्यालय ताप्लेजुङले आयोजना गरेको तालिम समापन संगै सहभागीहरुलाइ प्रमाणपत्र बितरण गरिएको घरेलु कार्यालय ताप्लेजुङका निमित्त उद्योग अधिकृत युवराज घोर्साईले जानकारी दिनुभयो । तालिम समापन सत्रमा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी यामबहादुर भट्टराईले सिकेको सीपलाइ व्यवसायिक बनाउन सके आत्मनिर्भरताको बाटो खुल्ने बताउनुभयो ।

नेपाल घरेलु तथा समाना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले सीप हासिल गर्न जति उत्सुक हुन्छौं,त्यति नै यसलाइ व्यवसाय सृजना गर्नेतर्फ पनि ध्यान केन्द्रित भए सहज हुने बताउनुभयो । घरेलु कार्यालय ताप्लेजुङका कर्मचारी निर्जा भट्टराईका अनुसार लिला सुनुवार र सीता श्रेष्ठले तालिममा प्रशिक्षको भूमिका निर्वाह गर्नु भएको थियो । फुङ्लिङ नगगरपालिका वडा नं ४ जिमीपोखरी टोलमा रहेको सृजनशिल व्युटी पार्लर केन्द्रमा तालिम सञ्चालन भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts