रिड नेपाल नगद ५ लाख सहित पुरस्कृत,पुरस्कार पाउनेमा पत्रकार,बिद्यालय र सामाजिक संस्था समेत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड) नेपाल नगद ५ लाख रुपैंया सहित पुरस्कृत भएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाइ आधार बनाएर उच्च हिमाली र पहाडी क्षेत्रलाइ कार्यक्षेत्र बनाएको रिड नेपाल जीवन विकास समाजले दिगो विकास क्षेत्रमा टेवा पु¥याएबापत बितरण गर्ने बिधागत पुरस्कार अन्र्तगत गैर सरकारी संघसंस्थातर्फ पुरस्कृत भएको हो । जीवन विकास समाजले दिगो विकासका लक्ष्य,समावेशी र समतामुलक गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा सबैका लागि जीवनपर्यन्त शिक्षाको प्रवद्र्धन गर्न उल्लेखनीय योगदान दिएबापत नगद ५ लाख सहित पुरस्कृत भएको रिड नेपालका ताप्लेजुङस्थित कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । सोहि बिधाको प्रोत्साहन पुरस्कारतर्फ मोरङ बिराटनगरको नारी विकास संघ र सर्लाही लालबन्दीको बाल संरक्षण संस्था पुरस्कृत भएका छन् । उनीहरुले जनही नगद एक–एक लाख रुपैंया र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै सामुदायिक विद्यालय वा शैक्षिक संस्थातर्फ ३ लाख रुपैंया नगद र प्रमाणपत्र सहित चन्द्रागिरी नगरपालिकामा रहेको कङ्काली माध्यमिक विद्यालय पुरस्कृत भएको छ । यस विधामा प्रोत्साहन स्वरुप नगद एक–एक लाख प्रमाणपत्रबाट सिन्धुली फुस्रेटारमा रहेको जनज्योति मावि र झापा मेचीनगरमा रहेको आदर्श मावि पुरस्कृत भएका छन् । जीवन विकासम समाजले पत्रकारितातर्फ नागरिक दैनिकीकी पत्रकार रुबी रौनियार र आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देललाइ जनही नगद ५०–५० हजार रुपैंया र प्रमाणपत्र सहित पुरस्कृत गरेको छ । यहिँ विद्याको प्रोत्साहन पुरस्कारतर्फ ललितपुर स्थित शिक्षक मासिक पत्रिका नगद १ लाख रुपैंया सहित पुरस्कृत भएको छ ।

जीवन विकास समाजले सन् २०१७ मा विश्वभर प्रतिस्पर्धात्मक छनौट भई एजिफन्ड इन्टरनेसनल प्राइजबाट तीन लाख अमेरिकी डलर प्राप्त गरेको थियो । सोही रकममा थप गरी कुल ६ करोड बराबरको जीवन विकास समाज, दिगो विकास कोष २०७६ स्थापना गरेर उत्कृष्ट कार्य सम्पादन गर्ने शैक्षिक संस्था,सामाजिक संस्था,गैर सरकारी संस्था र पत्रकारहरु गरी तीन बिधामा पुरस्कार तथा सम्मान गर्दै आएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts