नाइजेरियाको जमफारा राज्य: एके–47 को बदलामा २ वटा गाई
एजेन्सी/नाइजेरियाको उत्तर–पश्चिमी जमफारा राज्यमा आत्मसमर्पण गर्ने डाँकु (लुटेरा) लाई एक एके–४७ को बदलामा दुई वटा गाई दिइने भएको छ । जमफाराका गभर्नर बेलो मटावाल्लेले अपराधको जिन्दगी छोडेर एक जिम्मेवार नागरिकको रुपमा जीवन बिताउनको लागि प्रेरित गर्न सरकारको यो एउटा प्रयास भएको बताए ।
मोटरसाइलकलमा आउने डाँकुहरुले यो प्रान्तलाई आतङ्कित बनाएका छन् । यहाँको फुलवानी चरवाहा समुदाय गाईलाई निकै महत्त्व मान्छ र बारम्बार आक्रमण भइरहनुको पछाडि यही कारण भएको बताइन्छ । तर यस समुदायका मानिस भने यी सबै आरोप खण्डन गर्दै आफै पीडित भएको बताउँछन् ।
बीबीसीका संवाददाता अबू बकरका अनुसार नाइजेरियामा एक गाईको औसत मूल्य एक लाख नायरा ९२६० डलर० हुन्छ तर कालो बजारमा एक एके–४७ राइफलको मूल्य पाँच लाख नायरा ९१२०० डलर पर्छ ।
ती डाँकु कस्ता छन् !
गभर्नर मटावाल्लेले एक बयानमा भने, ‘पश्चाताप गर्ने डाँकुहरुले पहिला आफ्ना गाईको बदलामा बन्दुक किने र अब उनीहरु अपराधबाट मुक्त हुन चाहन्छन् । एके–४७ राइफल लिएर दुई वटा गाई लैजान हामी अपिल गर्छौँ । यो योजनाले उनीहरुलाई सशक्त र प्रोत्साहित गर्ने हामीले आश गरेका छौँ ।’ यी डाँकु घना जङ्गलबाट आफ्नो नेटवर्क चलाउँछन् र छिमेकी राज्यमा लुटपाट गर्छन् । यिनीहरु विशेष गरी पसल, पशु, अन्न लुट्छन् र फिरौतीको लागि मानिसहरुलाई बन्धक बनाउने गर्छन् ।
जमफारामा केही समयअघि भएको एक आक्रमणमा हतियारधारी डाँकुहरुले टलाटा मफारामा २१ जनाको हत्या गरेका थिए । अन्तर्राष्ट्रिय सङ्कट समूहका अनुसार पछिल्लो दशकमा केब्बी, सोकोट, जमफारा र छिमेकी देश नाइजेरमा आठ हजारभन्दा धेरै मारिएका थिए । यो आक्रमणको पछि संसाधनलाई लिएर दशकसम्म चलेको सङ्घर्ष हो, जो जातीय फुलानी चरवाह समूह र किसान समुदायबीचको हो ।
जमफाराका धेरैजसो नागरिक किसान छन् र राज्यको आदर्श वाक्य पनि ‘कृषि हाम्रो गौरव हो’ भन्ने रहेको छ । साथै गभर्नरले जङ्गलबाट लुटपाट गर्ने डाँकुहरुको क्याम्प पनि हटाउने वाचा गरेका छन् ।
जमफाराको बारेमा अरु जानकारी :–
सन् २०१६ को तथ्याङ्कअनुसार यहाँको जनसङ्ख्या झण्डै ४५ लाख छ ।
६७ दशमलव ५ प्रतिशत नागरिक गरिबीको चपेटामा छन् ९राष्ट्रिय दर ६२ प्रतिशत०
राज्यको साक्षरता दर ५४ दशमलव ७ प्रतिशत छ ।
यो राज्यमा हौजा र फुलानी समुदायका नागरिकको बाहुल्यता छ ।
यहाँका धेरैजसो मानिस मुस्लिम धर्म मान्छन् ।
सन् २०० मा सरिया कानुन दोस्रो पटक लागू गर्ने नाइजेरियाको पहिलो राज्य हो ।