| |

फुङ्लिङ नगरका कार्यपालिका सदस्यलाई प्रमाणपत्र वितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १२ ।
ताप्लेजुङको फुङ्लिङ नगर कार्यपालिकाका निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । नवनिर्वाचित नगर कार्यपालिकाका सदस्यहरुलाई बिहीबार मुख्य निर्वाचित अधिकृत एवम् जिल्ला न्यायाधीस प्रकाश राउतले प्रमाणपत्र वितरण गर्नुभएको हो ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात हाल कार्यपालिका चयनको प्रक्रिया धमाधम भइरहेको छ । सोही क्रममा फुङ्लिङ नगर कार्यपालिका सदस्य चयनका लागि बुधबार भएको निर्वाचनमार्फत निर्वाचित आठ जना सदस्यलाई मुख्य निर्वाचन अधिकृत राउतले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको हो । नगर कार्यपालिका सदस्यमा सबै सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
निर्वाचित महिला सदस्यमध्ये कार्यपालिका सदस्य निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट सीता नेपाल, कमला खत्री, सविना मादेन र भीमकला दर्जी र नेकपा (माओवादी केन्द्र) बाट बिनिता राई हुनुहुन्छ । यस्तै खुल्ला दलित वा अल्पसङ्ख्यकतर्फ काँग्रेसका दिनेश खबास तथा माओवादी केन्द्रका गङ्गाराम शङ्खर र साङ्गे पाल्देन शेर्पा निर्वाचित हुनुभएको छ ।
यता कार्यपालिका सदस्यमा निर्वाचित हुनेलाई बिहीबार नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । फुङ्लिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख अमिर मादेनले आफ्नै कार्यकक्षमा कार्यपालिका सदस्यहरुलाई शपथग्रहण गराउनुभएको हो । शपथग्रहणसँगै नवनिर्वाचित कार्यपालिका सदस्यको जिम्मेवारी औपचारिक रुपमा सुरु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts