ताप्लेजुङका २ पालिकामा मतगणना सुरु,गठबन्धन र एमालेको एक–एक स्थानमा सुरुआती अग्रता

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख ३१ । स्थानीय तहको निर्वाचन अन्र्तगत ताप्लेजुङका दुई पालिकामा सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा गठबन्धन र एमालेले १–१ स्थानमा सुरुआती अग्रता लिएका छन् । मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बुमा खसेको ८ सय ३३ मत मध्ये ७ सय मत गणना हुँदा एमाले उम्मेदवार केदारजंग लिम्बूको ३ सय ५४ र काँग्रेस उम्मेदवार डम्बर हाङ्गामको ३ सय ११ मत रहेको छ । उपाध्यक्षमा गठबन्धन पक्षका नेकपा एसका उम्मेदवार दुर्गाहाङ लिम्बूको २ सय ७० तथा एमालेको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाको २ सय ४४ मत रहेको छ । त्यहाँ वडामा एमालेले अग्रता लिएको छ । यस्तै आठराइ त्रिबेणी गाउँपालिका वडा नं ५ बाट सुरु भएको आठराइ त्रिबेणी गाउँपालिकाको मतगणनमा गठबन्धनकातर्फबाट काँग्रेस उम्मेदवार बिश्वनाथ सिटौलाको ६० र एमाले उम्मेदवार दीपेन पोमूको २५ मत रहेको छ । उपाध्यक्षमा गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवार प्रजीन हाङ्वाङको ६३ र एमाले उम्मेदवार शान्ता आङ्वोहाङको २५ मत रहेको छ । आठराइ त्रिबेणी गाउँपालिका वडा नं ५ मा गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts