|

ताप्लेजुङमा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको जिल्ला सम्मेलन आयोजक कमिटी बन्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत २० । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको ताप्लेजुङ जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ ।

जिल्ला भलिबल संघका अध्यक्ष एवम् मैवाखोला गाउँपालिका वडा नं ३ का वडाध्यक्ष समेत रहनुभएका दिवस चोङ्वाङको अध्यक्षतामा ४८ सदस्यीय समिति बनेको हो । नेकपा एमाले ताप्लेजुङका उपसचिव समेत रहनु भएका नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य मणिशंकर पोमूले नेपाल खेलकुद महासंघको प्रथम जिल्ला सम्मेलन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको घोषणा गर्नुभयो । जस अनुसार महासंघको उपाध्यक्षद्धयमा अनिल यवागु र पुनम लिम्बू,सचिवमा राजु नेपाली र उपसचिवद्धयमा सविन अधिकारी र मिलन प्रधान रहनु भएको छ ।

पोमूका अनुसार खेलकुद महासंघको प्रथम ऐतिहासिक जिल्ला अधिबेशन भने यहिँ चैत २८ गते सदरमुकाम फुङ्लिङमा हुने भएको छ । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको उपस्थितिमा जिल्ला अधिबेशन हुन लागेको समेत पोमूले बताउनुभयो । कार्यक्रमका ताप्लेजुङबाट एमालेको प्रदेश कमिटीमा आबद्ध सदस्यहरु,जिल्ला तथा नगरका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts