|

आठराइ त्रिबेणीमा एकिकृत समाजवादी निकट युवा र महिला संघ गठन

अरुलाई पनि शेयर गरौ !

अम्बिका हाङबाङ
ताप्लेजुङ,चैत १९ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) जनवर्गीय संगठन क्रमशःयुवा संघ नेपाल र महिला संघको पालिकास्तरीय कमिटी गठन भएको छ ।

दलबहादुर यक्सो (तारा)को अध्यक्षतामा युवा संघ नेपाल र सीता कुमारी तामाङको अध्यक्षतामा महिला संघ गठन भएको हो । युवा संघ नेपालको पालिकास्तरीय कमिटीको उपाध्यक्ष बिकल यक्सो र नीमा शेर्पा, सचिवमा रोजन तामाङ र उपसचिवमा क्रमशः तुलाहाङ सेम्बु र दीपेन्द्र श्रेष्ठ रहनु भएको छ । यसैगरी महिला संघको उपाध्यक्ष शान्ता आङबुहाङ र रुपा दर्नाल, सचिवमा मनकुमारी यक्सो, उपसचिवमा शान्ती तामाङ र सन्ध्या लिम्बु रहेको जानकारी जिल्ला कमिटी सदस्य प्रेमकुमार लामिछानेले दिनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) केन्द्रीय अनुशासन विभाग सदस्य हर्क यक्सोको प्रमुख आतिथ्यता तथा जिल्ला कमिटी सदस्य एवम् आठराई त्रिवेणी गाउँ पालिका सह इन्चार्ज मकरजुङ सेम्बूको आतिथ्यता र पालिका कमिटी अध्यक्ष चक्र मोक्तानको उपस्थितीमा युवा संघ र महिला संघका कमिटी गठन भएको समेत लामिछानेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts