| |

धरानमा उपचाररत ७३ वर्षीय कोरोना संक्रमितको मृत्यु

अरुलाई पनि शेयर गरौ !

धरान, साउन २ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका ६ निवासी ७३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । भारतको विभिन्न व्यापारीक सहरमा व्यापारकोलागि आउजाउ गर्ने उनको बिहीबार राति मृत्यु भएको हो । दुई दिन अगाडि प्रतिष्ठानमा भर्ना भएका उनको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । मृतकको शव अहिले प्रतिष्ठानको शव गृहमा राखिएको छ । उनी प्रदेश २ सप्तरीका भए पनि प्रदेश १ मा पहिलो व्यक्ति उपचारको क्रममा मृत्यु भएको यो पहिलो घटना हो ।

शवको व्यावस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४० पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts