नेकपाका शीर्ष नेताको छलफल निष्कर्षविहीन, शुक्रवारको बैठक नरोकिने

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १ । शुक्रबारलाई निर्धारित स्थायी कमिटी बैठक नरोक्ने सहमति गर्दै नेकपाका शीर्ष नेताहरुको छलफल बिना निष्कर्ष टुंगिएको छ । करीव तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा मुख्य विषयमा सहमति भएन । नेताहरुबीचको छलफल ठोस निष्कर्षमा नपुगेको वार्तामा सहभागी महासचिव विष्णु पौडेलले बताए । छलफल सकारात्मक रहेको र शुक्रबारको बैठक नरोकिने उहाँले जानकारी दिनुभयो । सो छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी रहनु भएको थियो । दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि बिहीबार माधव नेपालसहित वार्ता भएको हो । प्रचण्ड र माधव नेपाल दुवैजनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गर्नु भएको थियो तर, ओलीले राजीनामा नदिने अडान कायमै राख्नु भएको छ । त्यसैले तीन नेता सहितको छलफल सहमतिबिना टुंगिएको हो । बालुवाटारमा ओलीसँग वार्ता गर्न जानुअघि अध्यक्ष प्रचण्डले खुमलटारमा बहुमत सचिवालय सदस्यहरुलाई बोलाएर छलफल गर्नु भएको थियो । ओली समझदारीमा नआए शक्रबारको बैठक के गर्ने भन्नेबारे सो बैठकमा कुरा उठेको थियो । झलनाथ खनाललगायतका नेताले अब बैठक नरोक्न र ओली सहमतिमा नआए पार्टीले निर्णय गरेर अघि बढ्नुपर्ने धारणा राखेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts