इलाममा एकैदिन ६ जनामा कोरोना

अरुलाई पनि शेयर गरौ !

इलाम,साउन १ । इलाम नगरपालिकामा एकैदिन ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । इलामको जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेका ६ जनामा बिहीबार कोरोना पुष्टि भएको हो । इलाम नगरपालिका–८ का एक जना, इलाम नगरपालिका–१० का तीन जना र इलाम नगरपालिका–७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनु भएको छ । कोरोना पुष्टि हुने सबै ४० वर्ष मुनिका पुरुष रहेको जनाइएको छ । कुवेत, साउदी, कतार र भारतबाट आएका र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानमा कोरोना देखिएको हो । पाँच जना १७ गतेबाट क्वारेन्टाइनमा बसेका थिए । सेनाका जवान भने क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका थिए । उनीहरुको गत २८ गते स्वाब परीक्षणका लागि पठाइएको थियो । कोरोना पुष्टि भएकाहरुलाई मोरङ्गको गोठगाउँ कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाममा यसअघि १६ जनामा कोरोना पुष्टि भएको थियो भने १० जना निको भएर फर्किसकेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts