| |

याक्थुङ चुम्लुङ ताप्लेजुङको नवौं जिल्ला अधिबेशन सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन २३ । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको नवौं जिल्ला अधिबेशन सोमवार सदरमुकाम फुङ्लिङमा सुरु भएको छ ।

‘लिम्बूवान स्वायत्तता,हाम्रो प्रतिबद्धता’भन्ने नारा सहित सुरु भएको अधिबेशनको चुम्लुङका महासचिव निरन्ती तुम्बापोले उद्घाटन गर्नुभयो । च्याब्रुङ बाजा बजाएर उद्घाटन गरिएको कार्यक्रममा राजनीतिक दल,जातिय संस्था,लिम्बू बिद्यार्थी मञ्च सहितका बिभिन्न निकायका प्रतिनिधिले अधिबेशन सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा चुम्लुङका राष्ट्रिय सदस्य निर्मला लिम्बू र बालचन्द्र आङ्बुहाङ,प्रदेश समिति सदस्य मोती पालुङ्वा,इन्दिरा नेयोङहाङ र धिरमाया इजम सहितको उपस्थिति रहेको थियो । चुम्लुङका जिल्ला सचिव इन्दिरा मेन्याङ्वोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका बक्ताहरुले जिल्ला अधिबेशनमा उपस्थितको संख्या अपेक्षाकृत कम भएको भन्दै यसको समिक्षा हुनुपर्नेमा जोड दिएका थिए । अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts