|

निवृत राष्ट्रसेवक समाज नेपाल ताप्लेजुङद्धारा सेवानिवृत राष्ट्रसेवक सम्मानित

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २३ । निवृत राष्ट्रसेवक समाज नेपाल ताप्लेजुङको तेस्रो बार्षिक साधारणसभाको अवसरमा ७५ बर्ष वा सो भन्दा माथि उमेर समूहका २० जना सेवा निवृत राष्ट्रसेवकलाइ सम्मान गरिएको छ ।

समाजले सोमवार फुङ्लिङमा आयोजित एक कार्यक्रममार्फत सेवा निवृत अग्रज सदस्यहरुलाइ सम्मान गरेको हो । फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले अविर र ढाकाको मख्लरसहित सम्मान गर्नुभयो । सो अवसरमा उपप्रमुख भट्टराईले सेवा निवृत राष्ट्रसेवकहरुको सीप र अनुभवलाइ अहिलेको पुस्ताले प्रयोग गर्न सके राज्यका हरेक क्रियाकलाप र कार्यसम्पादन सहज हुने बिश्वास लिनुभयो । हरेक निकायले सेवा निवृतहरुको अनुभवलाइ उपयोग गरेर आफ्नो कार्य सम्पादनको माग सहज हुने उहाँको भनाइ थियो । कार्यक्रममा सेवा निवृत राष्ट्रसेवक समाजका जिल्ला उपाध्यक्ष बलबहादुर ओख्राबु,सल्लाहकार संयोजक डिल्लीरमण बराल,आर्थिक विभागका टामन सिग्देल लगायतले सेवाकालिन अनुभव र सेवानिवृत परिवेश बारे बोल्नु भएको थियो ।

कार्यक्रममा निवृत राष्ट्रसेवक समाज नेपाल ताप्लेजुङका सचिव सूर्यप्रसाद भट्टराईले सांगठनिक तथा कोषाध्यक्ष मातृकाप्रसाद नेपालले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो ।

साधारणसभाकै अवसरमा समाजका आजिवन सदस्यहरुलाइ प्रमाणपत्र समेत बितरण गरिएको थियो । निवृत राष्ट्रसेवक समाज नेपाल ताप्लेजुङका अध्यक्ष मोहनकुमार राईले समाजको संंस्थागत सम्मुनतीका लागि हरेक निवृत राष्ट्रसेवकहरुको उच्च योगदान रहनुपर्नेमा जोड दिनुभयो । उहाँले निवृतहरुको वौद्धिक क्षमतालाई सदुपयोग गर्न सके सम्वन्धित पक्षले ठूलो लाभ लिने बिश्वास लिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts