| |

एमसिसी बिरुद्ध ताप्लेजुङमा मसाल जुलुस

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ २६ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बिरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ ।

संयुक्त मोर्चाले नेपाल कम्युनिष्ट पार्टीको जिमीपोखरी स्थित पार्टी कार्यालयबाट बुधवार साँझ मसाल जुलुस निकालेको थियो । जुलुसका सहभागीले बोकेको मसाललाइ प्रहरीले बीरेन्द्र चौक आसपासमा नियन्त्रणमा लिएपनि जुलुस भने अघि बढेको थियो । एमसिसी चाहिदैंन,राष्ट्रघाती काम गर्न पाइदैंन,गो ब्याक अमेरिका–गो ब्याक’नारा लगाउँदै संयुक्त मोर्चाले ¥याली निकालेको आयोजकले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी असल पन्दाकले एमसीसी राष्ट्रघाती कदम भएको र सरकार त्यसलाइ अनुमोदन गरी कार्यान्वयनमा लैजाने गलत योजनामा रहेकोले खबरदारी स्वरुप मसाल जुलुस निकालिएको बताउनुभयो । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका सुरज ओझाले एमसीसी जनहित बिपरित र राष्ट्रघाती भएकोले यस बिरुद्ध आम नेपाली एकजुट हुनुपर्ने बताउनुभयो ।

एमसिसीले अफ्रिका, ल्याटिन अमेरिका र एशिया महादेशमा गरी २४ देशमा सहकार्य गरिरहेको छ । त्यसमा १७ देशमा कार्यान्वयनमा रहेका कम्प्याक्ट र थ्रेसहोल्डमा छन् भने १० वटा विकासक्रममा छन् । सन् २०१७ मा नेपालले आफ्नो आवश्यकताका ३ सय १८ किमी लम्बाइको ४ सय केभीको प्रसारण लाइन, ३ सय किमी लम्बाइको राजमार्गमा स्तरोन्नति गर्नेलगायतका परियोजनामा सहमत भएर एमसिसीअन्तर्गत ५० करोड डलर अर्थात् रु ५६ अर्ब अनुदान सहायता सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts