ताप्लेजुङका हाङ्गाम प्रदेश सरकारमा भूमी व्यवस्था तथा यातायात मन्त्री बन्ने सम्भावना

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २३ । ताप्लेजुङबाट प्रदेशसभा सदस्य रहनु भएका प्रतापप्रकाश हाङ्गाम प्रदेश १ सरकारको भूमी व्यवस्था तथा यातायात मन्त्री बन्ने सम्भावना देखिएको छ ।

प्रदेश १ सरकारमा काँग्रेसबाट हाङ्गाम सहित ३ जनना मन्त्री हुनुहुने स्रोतले जनाएको छ । जस अनुसार शेखरचन्द्र थापालाइ वन,वातावरण तथा भूसंरक्षण मन्त्री बनाइने छ भने ओम सरावगीलाइ उद्योग,श्रम तथा रोजगार मन्त्रालयको जिम्मा दिने तयारी गरिएको बताइन्छ । यस्तै माओवादी केन्द्रबाट रामकुमार राइलाई सिचाँइ,खानेपानी तथा उर्जा मन्त्रालय र झलकसिंह दर्लामीलाइ कृषि तथा पशुपंक्षि मन्त्रालयको जिम्मेवारी दिने मुख्यमन्त्री राजेन्द्र राईको तयारी रहेको स्रोतले बताएको छ ।

यस्तै नेकपा एकिकृत समाजवादीकातर्फबाट राजन राईलाइ सामाजिक विकास मन्त्रालय,खिनु लङ्वा लिम्बूलाइ पर्यटन तथा संस्कृति मन्त्रालय र उपेन्द्र घिमिरेलाइ सञ्चार तथा सहकारी मन्त्रालय दिने मुख्यमन्त्री राईको तयारी रहेको छ । यो मन्त्रालय भने नयाँ थप गर्नुपर्ने हुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts