|

‘हाम्रो ताप्लेजुङ,प्यारो ताप्लेजुङ’गीतको म्युजिक भिडियो सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १७ । २०६९ सालमा रेकर्ड भएको ‘हाम्रो ताप्लेजुङ,प्यारो ताप्लेजुङ’गीतको म्युजिक भिडियो सोमवार फुङ्लिङमा प्रर्दशन गरिएको छ ।

नेपाली सेनाको फुङलिङस्थित तत्कालिन श्रीवक्स गुल्ममा कार्यरत रहेकै अवस्थामा(हाल सेवा निवृत्त)गोबिन्द रहपालले गाएको गीतको म्युजिक भिडियो सोमवार फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले सार्वजनिक गर्नुभयो । यो म्युजिक भिडियो युट्युव च्यानलबाट भने आइतवारै सार्वजनिक भएको छ । ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने तथा ताप्लेजुङको चिनारी र पहिचान बोकेको गीत भएकोले आफुहरुले यो म्युजिक भिडियो निर्माणमा आर्थिक साझेदारी गरेको फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो । उहाँले गीत–संगीतका माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान दिने गरी तयार भएको हाम्रो ताप्लेजुङ,प्यारो ताप्लेजुङले समग्र जिल्लाको पहिचान र गरिमा बढाएको भन्दै पर्यटन प्रवद्र्धनका लागि यो एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बिश्वास लिनुभयो । पाथीभरा क्रिएशनले तयार पारेको म्युजिक भिडियोका अधिकाँस दृश्य ताप्लेजुङ,कलाकार स्थानीय र ताप्लेजुङको दैनिकीसंग जोडिएको म्युजिक भिडियो निर्माणका अगुवा हर्कराज गुरुङले बताउनुभयो ।

२०६९ सालमा श्रीवक्स गुल्मले आयोजना गरेको एक कार्यक्रममा रहपालले उक्त गीत गाएपछि यसलाइ ताप्लेजुङको पहिचान र पर्यटन प्रवद्र्धनका लागि योगदान दिने माध्यम बनाउन रेर्कडिङमा लैजाने निधो भएको थियो । फुङ्लिङ घर भइ काठमाडौ बस्दै आएकासञ्चार उद्यमी रमेश बरालले गीत रेकर्डिङको प्रवन्ध गर्नु भएको थियो भने फुङ्लिङमा श्रीवक्स गुल्म रहँदाका तत्कालिन गुल्मपति कृष्ण खड्का क्षेत्रीले रहपाललाइ गीत रेकर्डिङका लागि राजधानी सम्म पुग्ने प्रवन्ध गरिदिनु भएको थियो । नेपालकै ख्यातिप्राप्त संगितकार महेश खड्काले संगित भरेको गीतको शब्द गायक रहपाल आफैंको रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts