| |

युवा संघ र अखिलद्धारा फुङलिङमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुत्ला दहन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ ११ । युवा संघ नेपाल र अनेरास्ववियू ताप्लेजुङले मंगलवार सदरमुकाम फुङ्लिङमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन् ।

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिसांत्मक कार्यलाइ प्रोत्साहन दिनेगरी दिएको अभिव्यक्ति बिरुद्ध युवा संघ र अखिलले संयुक्त रुपमा आन्दोलन स्वरुप पुत्ला दहन गरेको युवा संघका जिल्ला इञ्चार्ज गोपाल न्यौपानेले जानकारी दिनुभयो । नेकपा एमाले पार्टी कार्यालयबाट सुरु भएको बिरोध ¥याली बीरेन्द्रचौकमा आएर पुत्ला दहनमा परिणत भएको अनेरास्ववियूका कार्यवाहक जिल्ला अध्यक्ष बिबेक बानियाँले जानकारी दिनुभयो ।

रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्ति दिनु भएको थियो । अहिले यसको सर्वत्र बिरोध भइरहेको छ । युवा संघका जिल्ला इञ्चार्ज न्यौपानेले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्नमा ढिलाइ गरे युवा संघ त्यसको प्रतिरोधमा उत्रने चेतावनी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts