ताप्लेजुङको मेरिङदेन साक्षर गाउँपालिका घोषित,९५.३९ प्रतिशत जनसंख्या साक्षर

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २८ । ताप्लेजुङको मेरिङ्देन गगाउँपालिकालाइ बुधवार साक्षर गाउँपालिका घोषणा गरिएको छ । जिल्ला शिक्षा समिति प्रमुख एवम् जिल्ला समन्वय समिति प्रमुख प्रमुख घनेन्द्र मादेनको उपस्थितिमा पालिका अध्यक्ष गणेशबहादुर लिम्बूले साक्षर गाउँपालिका घोषणा गर्नु भएको हो । उहँले साक्षर पालिका घोषणासंगै पालिकाको समग्र विकासको सूचकमा परिवर्तन आउने बिश्वास लिनुभयो ।

स्थानीय तहले आफ्नो पालिका भित्र बसोबास गर्ने १५ बर्ष र सो भन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर पालिका घोषणा गर्न सक्ने व्यवस्था रहेको छ । सोहि अनुसार पालिकाले ९५.३९ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर पालिका घोषणा गरेको गाउँपालिकाका शिक्षा अधिकृत भीमप्रसाद पौडेल जानकारी दिनुभयो । पौडेलका अनुसार गाउँपालिका भरी १५ बर्ष देखि ६० बर्ष उमेर समूहका ८ हजार ७ सय ९६ जनसंख्या मध्ये ८ हजार ३ सय ९१ जना साक्षर भइ अहिले ४ सय ५ जना मात्र निरक्षर रहेका छन् । उहाँले निरक्षरताको प्रतिशत ४.६१ मात्र रहेको जानकारी दिनुभयो । १५ बर्ष देखि ६० बर्ष उमेर समूहका ४ हजार १ सय ९० महिला मध्ये ३ हजार ८ सय ७६ जना अर्थात् ९२.९९ प्रतिशत मात्र साक्षर भएका छन् । यस्तै यो समूहका ४ हजार ६ सय ६ पुरुष मध्ये ४ हजार ५ सय २४ अर्थात् ९८.२२ प्रतिशत साक्षर भएको गाउँपालिकाले जनाएको छ ।

पुरुषको तुलनामा महिलाको संख्या केहि कम मात्र साक्षर भएको पाइएको छ । पालिकाले गत साउन सम्ममा संकलन गरेको तथ्याङ्कमा १५ देखि ६० बर्ष उमेर समूहका ५ सय ८० महिला र २ सय ४४ पुरुष गरी कूल ८ सय २४ जना निरक्षर रहेका थिए । सो बेला निरक्षरताको प्रतिशत ९.३७ प्रतिशत रहेको थियो । सो बेला यो समूहका ९०.६३ प्रतिशत मात्र साक्षर देखिएका थिए । पालिकाले बिभिन्न प्रयत्नमार्फत साउनबाट पुस सम्म सञ्चालन गरेको साक्षर अभियाना कार्यक्रमबाट निरक्षरताको प्रतिश ४.६१ मा झारेको छ । निरक्षर रहेकाहरुलाइ पनि बर्षदिन भित्रै साक्षर बनाउने गरी गाउँपालिकाले योजना तय गरेको समेत शिक्षा अधिकृत पौडेलले जानकारी दिनुभयो । पालिका अन्र्तगत ३६ वटा सामुदायिक बिद्यालय रहेका छन् । कार्यक्रमका प्रमुख अथिति जिसस प्रमुख मादेनले साक्षर पालिका घोषणा भएकोमा मेरिङ्देन गाउँपालिका र पालिकाबासीलाइ बधाइ दिनुभयो । उहाँले साक्षरताको प्रमाणले शिक्षा क्षेत्रमा फड्को मारेको र शिक्षा क्षेत्रको समृद्धिले विकासका आयामहरुमा समेत सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले साक्षरताको बिषय ज्ञान र बौद्धिकतासंग सम्वन्धित हुने बताउनुभयो । उहाँले साक्षरताको अभियानलाइ नियमित र प्रभावकारी बनाउने दायित्व स्थानीय सरकारको हुने भएकोले पालिकाको अग्रसरतामा भएको यो अभियान ताप्लेजुङमा प्रभावकारी देखिएको बताउनुभयो ।

साक्षर नेपाल बर्ष २०७६ को अवधारणापत्र अनुसार स्थानीय तहको अभियान समन्वय समितिको सिफारिसमा बाँकी निरक्षरलाइ आगामी एकबर्ष भित्र साक्षर गराउने प्रतिबद्धता गरी साक्षर भएको संस्थागत निर्णय गरी बिशेष समारोहको आयोजना सहित पूर्ण साक्षर पालिका भएको घोषणा गर्न सकिने छ । यस्तै कुनै स्थानीय तह वा जिल्लामा बसोबास गर्ने १५ बर्ष र सो भन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा सो तहले साक्षर भएको घोषणा नगरेपनि अभिलेख सत्यापनका आधारमा प्रदेश वा केन्द्रबाट सो क्षेत्रलाइ ‘साक्षर’ भएको मान्यता दिन सकिने भएको छ ।

साक्षर भन्नाले राष्ट्रभाषा र मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ,नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ,आफ्नो र परिवारका सदस्यको नाम,उमेर लेखाइ र पढाइ,मोवाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने,शुन्य देखि नौ सम्मका अंक अक्षर लेखाइ,१ देखि १ सय सम्मको गणना,लेनदेन हरहिसाब रखाइ,सरल चित्र,पोष्टर,साइनर्बोड र ट्राफिक संकेत पढाइ,लेखाइ र बुझाइ,सामुदायिक कार्यक्रममा आफ्नो बिचार सहित सक्रिय सहभागिता देखाउन,घडी हेरेर समय बताउन,भित्ते पात्रो हेरी तिथिमिति बताउन र बैंक भौंचर भराइ र चेक खिचाइका कार्यमा ५० प्रतिशत सक्षमता हासिल गर्न सक्ने व्यक्तिलाइ साक्षरता प्रमाणपत्र दिन सकिने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts