डिङ्जी काउन्टी सरकारले दिएका सबै स्वास्थ्य सामग्री फुङ्लिङ आई पुग्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २५ । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि उपलब्ध गराएको आरडीटी किटसहितका सबै स्वास्थ्य सामग्री फुङ्लिङ आई पुगेको छ ।
डिङ्जी काउन्टी सरकारका अधिकारीले करिव ३ साता अघि नेपाल–तिब्बत सीमा क्षेत्र टिपतालामा नेपाली अधिकारीलाई स्वास्थ्य सामग्री बुझाएपनि हिमपात सहितका समस्या कारण त्यहाँबाट फुङ्लिङ ल्याउन सकिएको थिएन । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनका अनुसार पहिलो चरणमा आरडीटी किट,थर्मलगन,एन–९५ मास्क र केहि थान व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री(पीपीई) फुङ्लिङ आएको थियो । त्यसको सातादिन नबित्दै डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि उपलब्ध गराएको सबै स्वास्थ्य सामग्री फुङ्लिङ आई सकेको मादेनले जानकारी दिनुभयो । डिङ्जी काउन्टीले ताप्लेजुङका लागि १ हजार २ सय थान आरडीटी किट,१ हजार २ सय थान एन–९५ मास्क,१ हजार १ सय थान पीपीई,९६ थान थर्मलगन र १ लाख १० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको थियो । सीमावर्ती फक्ताङ्लुङ गााउँपालिकालाई समेत यसअघि डिङ्जी काउन्टीले कोभिड–१९ बिरुद्धका अग्रभागमा खटिने जनशक्तिका लागि स्वास्थ्य सुरक्षा सामग्री पठाईसकेको छ । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ,सो गाउँपालिकाको वडा नं ७ का वडाध्यक्ष छेतेन भोटे र गाउँपालिकाका प्रवक्ता छेतेन वालुङको निरन्तर समन्वयमा ति सामग्री फुङ्लिङ आई पुगेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts