ताप्लेजुङका २३१ जनाको पीसीआर र ७५६ जनाको आरडीटी परीक्षण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २५ । ताप्लेजुङबाट पठाईएको ३५ जनाको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएको छ । संक्रमित २ जनासंगै सम्भावित सम्पर्कमा रहेका,क्वारेन्टिनमा बसेका र जिल्ला अस्पतालको फिबर क्लिनिमा उपचारार्थ भर्ना भएका ३१ पुरुष र ४ महिलाको पीसीआर रिर्पोट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार संक्रमितको नजिक रहेकाहरुको दोहोरो स्वाब परीक्षण रिर्पोट नै नेगेटिभ आएको छ । अहिले सम्म २ सय ३१ जनाको पीसीआर र ७ सय ५६ जनाको आरडीटी परीक्षण गरिएको छ । यसमध्ये ३ जना पीसीआर रिर्पोट पोजेटिभ आएको छ । पीसीआर रिर्पोट पोजेटिभ आउनु भनेको कोरोना संक्रमित हुनु हो । ताप्लेजुङमा भेटिएका ३ जना कोरोना संक्रमित मध्ये १ महिला र १ पुरुष गरी २ जना जना सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको आईसोलेसन कक्षमा चिकित्सकीय निगारानीमा छन् भने १ जना मोरङको गोठगाउँस्थित आईसोलेसन कक्षमा भर्ना भएका छन् । आरडीटी परीक्षण गरिएका मध्ये २ जनाको रिर्पोट पोजेटिभ आएपनि पछि पीसीआर परीक्षण रिर्पोट भने नेगेटिभ आएको थियो । यहाँ भेटिएका संक्रमित ३ जना नै बैदेशिक रोजगारीबाट फर्किएका नागरिक रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । ३ सय ५८ पुरुष,९३ महिला,२३ बालक र १७ बालिका गरी ४ सय ९१ जना बिभिन्न स्थानमा बनेका क्वारेन्टिनमा बसी होम क्वारेन्टिनका लागि फिर्ता भएको समेत कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । बिहीबार अपरान्ह सम्ममा क्वारेन्टिनमा सेन्टरमा २२ जना रहेका छन् । जिल्ला अस्पतालको आईसोलेसन कक्षमा १ जना उपचारार्थ भर्ना भएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । ६ महिला र ६ पुरुष गरी १२ जना अस्पतालको आईसोलेसन कक्षबाट घरफिर्ता भईसकेको समेत बताईएको छ । पीसीआर परीक्षणबाट उनीहरुको रिर्पोट नेगेटिभ आएपछि अस्पतालले होम क्वारेन्टिनमा बस्ने गरी अस्पतालको आईसोलेसन कक्षबाट घरफिर्ता गरेको ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts