|

ताप्लेजुङ बहुउद्देश्यीय राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट घोषित

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १२ । ताप्लेजुङ बहुउद्देश्यीय सरकारी संस्था राष्ट्रिय सहकारी बैंक लिमिटेड फिदिम शाखाबाट उत्कृष्ट कारोवार बिधामा सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड फिदिम शाखाले ताप्लेजुङ बहुउद्देश्यीयलाइ शुक्रवार उत्कृष्टताको प्रमाणपत्र बितरण गरेको छ । बैंकका फिदिम शाखा प्रमुख बुद्धराम बलका अनुसार सहकारी संघ÷संस्थाले गरेको कारोवारका आधारमा उत्कृष्ट कारोवार बिधामा ताप्लेजुङ बहुउद्देश्यीयलाइ सम्मानित गरिएको हो । फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले सहकारी संस्थाका अध्यक्ष टामन सिग्देललाइ उत्कृष्टताको प्रमाणपत्र बितरण गर्नुभयो । राष्ट्रिय सहकारी बैंक लिमिटेड फिदिम शाखाले हरेक बर्ष आफ्ना सदस्य सहकारी संस्थाले गरेको कारोवारका आधारमा उत्कृष्टताको प्रमाणपत्र दिदैं आएको छ । शाखा प्रमुख बलले सबै स्थानीय तहहरुलाइ राष्ट्रिय सहकारी बैंको सदस्यता लिइ सहकारी अभियानमा टेवा पु¥याउन आग्रह गर्नुभयो । फुङ्लिङ नगरप्रमुख प्याकुरेलले आफुहरु सहकारी अभियानमा खुल्ला दिलले लागेको बताउँदै बैंकको सदस्यता लिनका लागि आफुहरु इच्छुक रहेको बताउनुभयो । राष्ट्रिय सहकारी बैंक सुरुमा नेपाल सरकारको स्वामित्वमार्फत उदाएको र अहिले प्रादेशिक र स्थानीय तहमार्फत सहकारी अभियान अघि बढ्ने भएकोले अब बैंकले स्थानीय तहसंगको साझेदारी र समन्वय खोजेको समेत बलले बताउनुभयउो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts