निर्बिरोध भएका बाहेक नेपाली काँग्रेस ताप्लेजुङ कार्य समितिमा ११ जना निर्वाचित

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज १७ । यसअघि निर्वीरोध भएका बाहेक नेपाली काँग्रेस ताप्लेजुङको जिल्ला कार्य समितिमा सदस्यहरु निर्वाचनमार्फत छानिनु भएको छ । मिक्वाखोला गाउँपालिकाबाट कुशल बस्नेत निर्वाचित हुनुभयो । मोतिहाङ(बिके) थलङ उहाँका प्रतिपश्पर्धी रहनु भएको थियो । फुङलिङ नगरपालिकाको महिलातर्फ शिवकुमारी केदेम निर्वाचित हुँदा संगी(रमा)कार्की पराजित हुनु भएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाबाट कुमार खिम्दिङ र सुजता पौडेल निर्वाचित हुनुभयो । खिम्दिङले भीमबहादुर बस्नेतलाइ र पौडेलले भद्रिका नेपाललाइ पराजित गर्दै जिल्ला सदस्य बन्नु भएको हो । सिरिजंगा गाउँपालिकाबाट सविता लिम्बू र सन्तोष थेबे निर्वाचित हुनुभयो । त्यहाँ रनहाङ लिम्बू,पूर्णसिंह लिम्बू,ज्ञानु भट्टराई र अञ्जु थेबे समेत प्रतिश्पर्धी हुनुहुन्थ्यो । खस आर्य महिलातर्फ भीमा बस्नेत निर्वाचित हुनु भएको छ । उहाँले सूर्यकला बराललाइ पराजित गर्नुभयो । खस आर्य खुल्लातर्फ गुरुप्रसाद पौडेल र नेत्रप्रसाद बराल निर्वाचित हुनुभएको छ । रणबहादुर कार्की र दिनेश बुढाक्षेत्री पराजित हुनुभयो । कार्की यसअघि नेपाली काँग्रेसको जिल्ला कार्य समिति कोषाध्यक्ष हुनुहुन्थ्यो । दलित सदस्यतर्फ कृष्णप्रसाद कार्कीढोली जसबहादुर बर्देवालाइ हराउँदै बिजयी हुनुभयो । अल्पसंख्यकबाट दावाछेतेन शेर्पा नेपाली काँग्रेसको जिल्ला कार्य सकिमति सदस्य चुनिनु भएको छ । ।शेर्पाले बिनोदकुमार राइलाइ हराउनुभयो । जिल्ला कार्य समितिको निर्वाचित सदस्यमा एक बाहेक अरु सबै संस्थापन पक्षबाट बिजयी हुनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts