|

ताप्लेजुङमा नेपाली काँग्रेसको संस्थापन पक्षले पनि गर्यो उम्मेदवारी घोषणा,प्रदेश निर्वाचन असोज १४ मा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, असोज १३ । नेपाली काँग्रेस संस्थापन पक्षले ताप्लेजुङ जिल्ला कार्य समिति र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरुको घोषणा गरेको छ । पूर्व जिल्ला सचिव गजेन्द्र तुम्याहाङको नेतृत्वमा जिल्ला कार्य समितिको निर्वाचनमा प्रतिश्पर्धा गर्नेगरी उसले आफ्नो टिमको घोषणा गरेको छ । यो समूहबाट उपसभापतिमा डिल्लीरमण बराल र रवीन्द्रकुमार वनेम उम्मेदवार बन्नु हुने भएको छ । सचिवमा डम्बर हाङ्गाम(युक हाङबीर) र नन्दकुमार ओझा तथा सहसचिवमा जंग सुनुवार(तेज) र नन्दकुमार आङ्बुहाङको नाम घोषणा गरिएको छ । मंगलवार साँझ संस्थापन इतर समूहले छबिरमण गुरुङको नेतृत्वमा निर्वाचनमा जाने गरी उम्मेदवार घोषणा गरेको थियो । गुरुङ समूहले जिल्ला कार्य समिति उपसभापतिमा गणेशबहादुर चोङ्वाङ र चन्द्रमान खोयाहाङ र सचिवमा चक्र भट्टराई र मातृकाप्रसाद शेर्पाको नाम घोषणा गरेको छ । संस्थापन पक्षले प्रदेश निर्वाचन १(क)मा बमप्रसाद गौतमलाइ सभापति,गणेश मगर र दीपेश मेन्याङ्वोलाइ उपसभापति,केवल मादेन र विश्वराज राईलाइ सचिव,पुण्यप्रसाद बराल र ताराबहादुर सेलिङ लिम्बूलाइ सहसचिवको उम्मेदवार बनाउने घोषणा गरेको छ । । प्रदेश निर्वाचन क्षेत्र नं १(ख)मा खगेनसिंह हाङ्गामलाइ सभापति,टेक वनेम र मनकुमार यक्सोलाइ उपसभापति,नारायणप्रसाद वनेम र विकास साम्रालाइ सचिव र पेम्बा शेर्पा र ज्ञानु घिमिरेलाइ सहसचिवको उम्मेदवार बनाउने घोषणा गरिएको छ । घोषणासभामा पूर्व राज्यमन्त्री मणि लामा,प्रदेश सांसद प्रताप्रकाश हाङ्गाम,सिरिजंगा गाउँपालिकाका कार्य समिति सभापति लालकृष्ण चौहान,सिदिङ्वा गाउँ कार्य समितिका सभापति प्रदीप राइ,पाथीभरा याङ्वरक गाउँ कार्य समिति सभापति राम थेबे सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

संस्थापन इतर पक्षले प्रदेश निर्वाचन क्षेत्र १(क)मा लक्ष्मीप्रसाद भट्टराईलाइ सभापतिको उम्मेदवार घोषणा गरेको छ । भट्टराईको समूहमा गणेश खिम्दिङ र तेजेन्द्र इदिङ्गो उपसभापति र राजकुमार कार्की र ललित गुरुङ सचिवको उम्मेदवार बन्ने घोषणा गरिएको छ । यो समूहले सहसचिवद्धयका उम्मेदवार घोषणा गरेको छैन । यस्तै प्रदेश निर्वाचन क्षेत्र १(ख)मा उदय आङ्बुहाङलाइ सभापतिको उम्मेदवार घोषणा गरिएको छ । यो समूहबाट दातेम्बा शेर्पा र सोम बिमलीलाइ उपसभापति,दावा शेर्पा र ज्ञानु तेम्बेलाइ सचिव र मौसम लिम्बू र अनिल शेर्पालाइ सहसचिवको उम्मेदवार घोषणा गरिएको छ । यसैबीच काँग्रेसको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा निर्वाचन कार्यतालिका प्रकाशित गरी असोज १४ गते बिहान ८ बजे देखि अपरान्ह ३ बजे सम्म मतदान हुने जनाएको छ । उम्मेदवारको मनोनयन र अन्तिम नामावली प्रकाशन सहितका कार्य भने बुधबारै(आजै) हुने निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts