ताप्लेजुङ प्रहरीले हराएको मोटरसाइकल फेला पारी मोटरसाइकल धनीलाइ बुझायो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले पार्किङ गरी राखिएकै अवस्थामा हराएको एकथान मोटरसाइकल फेला पारी सम्वन्धित सवारी धनीलाइ बुझाएको छ । भदौ १४ गते देखि हराएको मे६प २९९५ नम्बरको डिस्कभर १२५ सीसी भएको कालो रातो रंगको मोटरसाइकल खोजतलाका क्रममा फेला पारी सम्वन्धित धनीलाइ बुझाएको जिल्ला प्रहरी कार्यालय तालेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिनुभयो । मोटरसाइकल धनी झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं ६ बस्ने गोबिन्द ढुङ्गानाले फुङ्लिङ नगरपालिका वडा नं ४ मा पार्किङ गरी छोडेको अवस्थामा हराएको थियो । मोटरसाइकल धनीले दिएको निबेदन अनुसार प्रहरी निरीक्षक अधिकारीको नेतृत्वमा ट्राफिक प्रहरीको टोली समेत खोजतलासमा क्रममा खटिंदा फुङ्लिङ नगरपालिका वडा नं ७ थलङधारा आसपासमा मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी नायव उपरीक्षक)बालनरसिहं राणाले फेला पारिएको मोटरसाइकल सम्वन्धित धनीलाइ बुझाउनु भएको छ । यसअघि पनि ताप्लेजुङ प्रहरीको टोलीले पार्किङ गरी राखिएकै अवस्थामा हराएको एकथान मोटरसाइकल फेला पारी मोटरसाइकल धनीलाइ बुझाइसकेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts