|

शुन्य बिद्यार्थी,८ स्थायी शिक्षक,करिव ३६ लाख रुपैंया निकासा !

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १४। मनाङको ङीस्याङ गाउँपालिकाले एकजना पनि बिद्यार्थीले नभएको ङावल आधारभूत बिद्यालयलाइ शिक्षकको बार्षिक तलव,स्थानीय भत्ता र अन्य सुबिधा बापत करिव ३६ लाख रुपैंया निकासा गरेको पाइएको छ । महालेखा परीक्षककको कार्यालयको ५८ औं प्रतिबेदन अनुसार एकजना पनि बिद्यार्थी नभएको ङावल आविमा ८ जना स्थायी शिक्षक कार्यरत रहेका छन् । ङीस्याङ गाउँपालिकाले आर्थिक बर्ष २०७७।०७८ मा बिद्यार्थी संख्या शुन्य भएको सो बिद्यालयका ८ स्थायी शिक्षकका लागि ३५ लाख ८६ हजार रुपैंया तलवभत्ता भुक्तानी गरेको मलेपले जनाएको छ । मलेपले अध्यापन गर्न नियुक्त शिक्षकले बर्षैभरी एउटा पनि कक्षा लिन नपर्ने अवस्थामा समेत तलव भुक्तानी गर्नुपर्ने समस्या अन्त्यका लागि सम्भाव्यताको आधारमा बिद्यालय एवम् शिक्षक दरबन्दी मिलान गर्न सुझाएको छ । यस्तै मनाङकै नार्पाभूमी गाउँपालिकाले फू आधारभूत बिद्यालयमा बाल विकास बाहेकका एकजना पनि बिद्यार्थी नभएको अवस्थामा २ स्थायी र १ करार शिक्षकलाइ बार्षिक १२ लाख ६५ हजार रुपैंया निकासा गरेको मलेपले जनाएको छ । बिद्यार्थी नभएको बिद्यालयमा करारमा समेत शिक्षक नियुक्त गरी व्ययभार पारेको घटनाप्रति गाउँपालिका सम्बेदनशिल नभएको भन्दै यस्तो अवस्था अन्त्यका लागि मलेपले गाउँपालिकाको ध्यानाकर्षण गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts