|

बित्तीय संस्थाले समेत भुक्तानी गर्न थाले समूह सदस्यको जीवन बीमा बापतको रकम

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,५ भदौ । बित्तीय संस्थाले कर्जा लगानी संगै आफ्ना सदस्यको जीवन बीमा समेत गराएका हुन्छन् भन्ने धेरैलाई थाह नभएको हुन सक्छ । तर,समिट लघुबित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले भने कर्जा लिएका व्यक्तिको मृत्यु पछि उहाँका आफन्तलाई बीमा बापतको मृत्यु दावी भुक्तानी गरेर लघुबित्त बित्तीय संस्थाको साख जगाउने काम गरेको छ । कर्जा लिएकी एक सदस्यको मृत्युपछि समिटले शुक्रबार उहाँका आफन्तलाई बीमाङ्क रकममा क्रियाखर्च बापतको १५ हजार थप गरी हस्तान्तरण गरेको छ । समिटका यहाँस्थित शाखा प्रवन्धक टेकनाथ अधिकारीका अनुसार मेरिङ्देन गाउँपालिका वडा नं ५ की अमृता शेर्पाले समिटमा कारोवार गर्दा समिटले नेस्नल लाइफ इन्स्योरेन्समार्फत ५० हजारको बीमा गराएको थियो । फागुन २३, २०७७ बाट नियमित बचत तथा ऋणको कारोवार गर्ने अमृताको ७ साउन २०७८ मा मृत्यु भएपछि समिटले बीमाङ्क रकममा १५ हजार थप गरी ६५ हजार रकम भुक्तानी गरेको जनाएको छ । बित्तीय संस्थामा भुक्तान गर्नुपर्ने रकम भए बित्तीय संस्थाले त्यो रकम काटेर भुक्तानी गर्ने गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts