| | |

सामुदायिक वन दिवसमा वृक्षरोपण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २५ ।
ताप्लेजुङमा सामुदायिक वन दिवसको अवसरमा सोमबार वृक्षरोपण गरिएको छ । दिवसको अवसरमा जिल्लास्थित डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ नेपालले संयुक्त रुपमा वृक्षरोपण गरेका हुन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघका अध्यक्ष सुरज ओझाका अनुसार आठराई त्रिबेणी गाउँपालिका वडा नं. २ फुलबारीस्थित देउराली सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ । करिव एक हेक्टर क्षेत्रफल बराबरमा चाँप र जापानिज सल्ला प्रजातिका एक हजार बिरुवा रोपिएको जिल्ला महासंघका अध्यक्ष ओझाले जानकारी दिनुभयो ।

वृक्षरोपणसँगै देउराली सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुलाई तेजपात, दाँते ओखर लगायत विभिन्न प्रजातिका करिव पाँचसय बिरुवा वितरण गरिएको पनि ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौला र डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त डिभिजनल वन अधिकृत शिवराम शाहको उपस्थितिमा वृक्षरोपण तथा बिरुवा वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
यस्तै कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद ओझा, प्रदेश समिति सदस्य, जिल्ला महासंघका अन्य पदाधिकारी तथा कर्मचारी, डिभिजन वन कार्यालयअन्तर्गत सव–डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय उपभोक्ता लगायतको सहभागिता रहेको थियो । वन संरक्षणमा योगदान पु¥याउने साथै स्थानीय उपभोक्तामा सचेतना फैलाउने उद्देश्यले दिवसको अवसरमा वृक्षरोपण गरिएको जिल्ला महासंघका अध्यक्ष ओझाको भनाइ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts