| |

संक्रमितका घरघरमा पुगेर आयुर्बेद औषधि बितरण गर्दै ताप्लेजुङ आयुर्बेद स्वास्थ्य केन्द्र

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, १५ असार । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले यहाँका कोरोना संक्रमितलाइ घर–घरमै पुगेर आयुर्बेद औषधि बितरण गर्न थालेको छ । पछिल्लो समय फुङ्लिङ नगरपालिका वडा नं २ मा रहेका १५ जना संक्रमितलाइ घर–घरमै पुगेर आयुर्बेद औषधि बितरण गरिएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका कविराज निरीक्षक टेकनाथ अर्यालले जानकारी दिनुभयो । सो क्रममा आयुर्बेद स्वास्थ्य केन्द्रको टोलीले योगको फाइदा तथा आहार बिहार र पोषणयुक्त खानाका बारेमा समेत जानकारी गराएको अर्यालले बताउनुभयो । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रको टोलीले यष्ठीमधु चूर्ण,अश्वगन्धा चूर्ण,गुडुची चूर्ण र शितोपलादी चूर्ण सहितका आयुर्बेद औषधि बितरण गरेको थियो । कोरोना संक्रमितहरुका लागि पछिल्लो समय आयुर्बेद औषधि निकै लाभप्रद हुने बताइदैं आएको छ । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रको टोलीले जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका संक्रमित तथा जिल्ला अस्पतालको कोभिड अस्पतालमा रहेका संक्रमितहरुलाइ समेत आयुर्बेद औषधिहरु बितरण गरेको जनाएको छ । संक्रमितहरुलाइ घरमै पुगेर आयुर्बेद औषधि बितरण र आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीका उपाय बारे जानकारी प्रेषण गर्ने गरिएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts