|

पालिका प्रवक्ता सहित मैवाखोला गाउँपालिका ३ नम्बर वडाका जनप्रतिनिधिले गरे बजेट अधिबेशन बहिष्कार,बहुमतका आधारमा भण्डै ३५ करोडको बजेट पारित

अरुलाई पनि शेयर गरौ !

इउज्यालो पोष्ट
ताप्लेजुङ,असार ११ । बजेट बिनियोजन प्रकृयामा अध्यक्ष र उपाध्यक्षले आफ्नो वडालाइ उपेक्षा गरेको भन्दै ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ का वडाध्यक्ष थर्ककुमार चोङ्वाङ(दिवस) सहितका पदाधिकारीले पालिका अधिबेशन बहिष्कार गर्नु भएको छ । बजेट बिनियोजनको बिबाद बहिष्कार सम्ममा पुगेपछि अधिबेशनले बहुमतका आधारमा बजेट पारित गर्नु परेको छ । ‘हाम्रो वडालाइ अपेक्षा गरेको स्थिति बताएपछि वडापालिकाका सबै सदस्यले बजेट अधिबेशनमा नजाने भन्नुभयो’गाउँपालिकाका प्रवक्ता समेत रहेका चोङ्वाङले भन्नुभयो‘त्यसपछि पालिका अधिबेशनमा गइएन,भरे बुझ्दा वडा नं १ का वडाध्यक्ष दुर्गा तामाङ पनि आउनु भएन छ ।’ उहाँले बहुमतका आधारमा बजेट पारित भएको खबर आफुले सुनेको जानकारी दिनुभयो । २५ लाख बजेटबाट वडा नं ३ मा समाबेशी भवन बनाउन गरेको प्रस्ताव अध्यक्ष राजनकुमार थत्लुङ र उपाध्यक्ष कौशिला थत्लुङले ठाडै अस्विकार गरेको चोङ्वाङको आरोप रहेको छ । समाबेशी भवनमा नभए तुम्बेस्थित सरस्वती आधारभूत बिद्यालयको भवनमा योजना लगाउन गरिएको प्रस्ताव पनि रोकिएकोले वडा नं ३ प्रति गरिएको पुर्वाग्रहका कारण आफुहरुले बजेट अधिबेशन बहिष्कार गरेको बताउनुभयो । उहाँका अनुसार यसपटक समाबेशी भवन निर्माणका लागि बजेट पाउने पालो वडा नं ३ को थियो । ६ वटा वडा रहेको मैवाखोलामा अध्यक्ष र उपाध्यक्ष सहित ३२ सदस्य पालिकासभामा १ जना वडा सदस्य नेपाली काँग्रेसबाट बिजयी हुनु बाहेक ३१ जना नै नेकपा एमालेबाट निर्वाचित हुनु भएको छ । पछि कार्यपालिकामा निर्वाचित २ जना पनि एमालेबाटै निर्वाचित भएको पालिका प्रवक्ता चोङ्वाङले बताउनुभयो । पालिकाका सूचना अधिकारी मदन तिवारीका अनुसार पालिकाले आगामी आर्थिक बर्षका लागि ३४ करोड ७३ लाख ४९ हजार रुपैंयाको बजेट ल्याएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts