संघीय मामिला मन्त्रालयले भन्यो‘मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीको बिबरण तु पठाउ’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीको बिबरण बिपद् व्यवस्थापन सूचना प्रणाली(सिएमएसआई)मा प्रबिष्टि गर्न देशभरका जिल्ला समन्वय समितिमार्फत स्थानीय तहहरुलाइ परिपत्र गरेको छ । ७७ वटै जिल्ला समन्वय अधिकारीहरुलाइ परिपत्र गर्दै मन्त्रालयले यसअघि पटक–पटक तागेता गर्दा पनि कतिपय स्थानीय तहहरुले अहिले सम्म पनि पूर्ण बिबरण भरेको नपाइएको भन्दै मन्त्रालयले ३ दिन भित्र यस्तो बिबरण प्रबिष्टी गरी अद्यावधिक गर्न भनेको हो । बिबरण प्रबिष्टी तथा अद्यावधिक गर्दा जनप्रतिनिधि तथा कर्मचारीको नाम,थर,पद र उमेर स्पष्ट खुल्ने गरी पठाउन तथा कर्मचारीको हकमा स्थायी भए सोहि व्यहोरा तथा करार भए सोहि व्यहोरोको बिबरण उल्लेख गर्न समेत मन्त्रालयले भनेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts