कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सिदिङ्वाले बनायो स्थायी प्रकृतिको संरचना

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ६ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि स्थायी प्रकृतिको सांगठनिक संरचना स्वीकृत गर्दै त्यो संरचनाले सम्पादन गर्ने कार्य समेत निर्धारण गरेको छ । जस अनुसार गाउँ कार्यपालिकाले दीर्घकालिन नीति÷रणनीति तय र आवश्यक बजेट व्यवस्थापनको कार्य गर्ने छ । कार्यपालिकाको मातहतमा स्थानीय संकट व्यवस्थापन केन्द्र रहने छ । गाउँपालिका अध्यक्ष संयोजक रहेको समितिमा प्रमुख प्रशासकीय अधिकृत,स्वास्थ्य संयोजक र प्रहरी चौकी प्रमुख सदस्य रहने छन् । स्थानीय संकट व्यवस्थापन केन्द्रले द्रुत गतिमा निर्णय लिने,आदेश दिने र रणनीति तय गर्ने काम गर्ने भएको छ । स्थानीय संकट व्यवस्थापन केन्द्र मातहत उपचारात्मक कार्य,प्रवद्र्धनात्मक कार्य गर्ने संरचा बन्ने छन् । प्रवद्धनात्मक कार्य गर्ने जिम्मेवारी पालिकाभरीका ७ वटा कार्यालय रहने छन् ।

यस्तै ७ वटा वडामा रहेका ६३ वटा निगारानी समूहले प्रचारप्रसार र तथ्याङ्क संकलनको कार्य गर्ने छन् । सम्वन्धित वडाका एक सदस्यको अगुवाइमा बन्ने वडा निरागानी समूहमा शिक्षक,बुद्धिजीवि,समूह र संघसंस्थाका प्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविका सदस्य रहने छन् । ७ वटै स्वास्थ्य चौकीमा कार्यरत जनशक्ति र पालिका भरी रहेका १ सय ६ जना महिला स्वास्थ्य स्वयंसेविकाले समेत प्रवद्र्धनात्मक कार्यको जिम्मेवारी ग्रहण गर्नेछन् । प्रवद्र्धनात्मक कार्यमा खटिएको जनशक्तिले प्रचारप्रसार,तथ्याङ्क संकलन र निरीक्षणको कार्य गर्ने भएको छ । उपचारात्मक कार्यका लागि पालिकामा रहेको कोभिड–१९ अस्थायी अस्पतालले नेतृत्व गर्ने छ । यो कार्यका लागि १ जना मेडिकल अधिकृत,२ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी रहने छन् । पालिकाले स्वास्थ्य संयोजकको नेतृत्वमा कोभिड–१९ नियन्त्रण कक्ष बनाएको छ । सो कक्षमा सूचना प्रविधि अधिकृत,स्वास्थ्य उप–संयोजक,अनमी,अहेव र ल्याव असिष्टेन्ट १–१ जना तथा २ जना कार्यालय सहयोगी रहने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts