भीमकाली गुल्मपतिलाइ प्रदेश १ सरकारको सम्मान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, जेठ २४ । प्रदेश १ सरकारले फुङ्लिङ स्थित भीमकाली गुल्मका गुल्मपति राजन बस्नेतलाइ प्रशंसापत्रद्धारा सम्मान गरेको छ ।

गत फागुन १८ गते ताप्लेजुङको मेरिङ्देन गाउँपालिका स्थित दोभान बजारमा लागेको आगो नियन्त्रणमा गुल्मबाट तत्काल उद्धार कार्यमा खटिएर जनताको सुरक्षार्थ देखाएको बहादुरीको प्रशंसा गर्दै मुख्यमन्त्री शेरधन राईले प्रशंसापत्र प्रदान गर्नु भएको छ ।

प्रदेश सरकारले दोभान बजारका आगलागी पीडितहरुलाइ गरेको राहत बितरण कार्यमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै भीमकाली गुल्मप्रति आभार व्यक्त गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts